शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

वर्षभरी काम गरेबापत खानेपानीका कर्मचारीलाई मकै तलव

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  • सोलुखुम्बु, १४ साउन ।  वर्षभरी काम गरेबापत अन्न दिने चलन धेरैजसो ठाउँबाट हट्दै जाँदा सोलुखुम्बुको सोताङ गाविसमा भने खानेपानी आयोजनाका कर्मचारीहरुलाई पारिश्रमिक स्वरुप अन्न मकै दिने गरिएको छ ।

    सोताङ–१, २ र ३ मा पानी वितरण गरिने खानेपानी आयोजनाका उपभोक्ताले कर्मचारीलाई प्रतिघरधुरी प्रतिवर्ष १२ मानाका दरले मकै उपलब्ध गराउने गरेका छन् ।

    बिहान र बेलुका गरी दुई÷दुई घण्टा धारामा पानी पठाउने, धारामा पानी नआए मर्मत गर्नेलगायत काम गर्न दुई जना कर्मचारी राखिएको छ । ३०० भन्दा बढी घरधुरी रहेको सो खानेपानी आयोजनामा हिउँदको समयमा एक दिनमात्र पानी बन्द भएमा गाउँमा पानीको हाहाकार मचिन्छ ।

    त्यसैले कर्मचारीहरु सधैँ तयारी अवस्थामा बस्नुपर्छ । “एक दिन मात्र धारामा पानी बन्द भयो भने दुई घण्टा टाढादेखि पानी बोक्नुपर्ने बाध्यता छ । वर्षायाममा गाउँमा केही मुहान भए पनि हिउँदमा सबै सुक्छन्, धारामा पनि पानी कम आउँछ । एउटा धारामा आएको पानी ७ देखि १५ घरले प्रयोग गर्नुपर्छ ।

    यसरी पानीको अभाव भएकाले हरेक घरबाट अन्न दिएर कर्मचारी राखिएको हो”–स्थानीयबासिन्दा गणेशबहादुर कार्कीले भन्नुभयो ।

    सोताङ गाविस कोसी पारीका गाविसमध्ये पानीका स्रोत कम भएको गाविसका रुपमा चिनिन्छ । तलबाट बग्ने हुँगा खोलाको पानी प्रयोग गर्न सकिदैन भने रोकखोलाको पानी पनि बाक्लो बस्तीसम्म ल्याउन सकिदैन । त्यसैले सोताङ गाविसको वडा नं १ देखि ३ सम्मको बाक्लो बस्तीमा पावै–७ को सिँगाने खोलाबाट पानी लगिएको छ ।

    विसं २०५२ देखि सञ्चालनमा आएको सो खानेपानी योजनाका दुई कर्मचारीलाई पारिश्रमिकको रुपमा प्रतिघर १२ माना मकै दिइँदै आएको सोताङ–३ का फणिन्द्रबहादुर कार्की बताउनुहुन्छ । दिनमा २ पटक धारामा पानी छाड्नुपर्छ, कतै समस्या नआएमा मर्मत पनि गर्नुपर्छ । यसैको लागि २ जना कर्मचारी राखिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij