शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पहिरोले अधिकांश ग्रामीण सडक अवरुद्ध

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  • मेलम्ची, १४ साउन । सिन्धुपाल्चोकको अधिकांश ग्रामीण सडक वर्षासँगैको पहिरोका कारण अवरुद्ध भएको छ । सदरमुकाम जोड्ने मेलम्ची–नवलपुर–चौतारा सडक अविरल वर्षासँगै झ्याडी खोला नजिक आएको पहिरोको कारण दुई सातादेखि अवरुद्ध छ । त्यस्तै मेलम्ची–तिपेनी सडकखण्डको विभिन्न ठाउँमा पहिरो झरेका कारण गुन्सा, भोताङ जाने यात्रुले निकै समस्या झेल्नुपरेको स्थानीयबासिन्दा बताउँछन् ।

    सडक अवरुद्ध हुँदा अत्यावश्यक तथा दैनिक उपभोग्य सामान खरिदका लागि घन्टौँ हिँड्नुपर्ने बाध्यता रहेको दुवाचौर क्यौरानीका स्थानीयबासिन्दा धुव्र गिरिले बताउनुभयो । मेलम्चीबाट बाँसखर्क हुँदै बरुवासम्म पुग्ने सडक बर्खामा सधैँ अवरुद्ध हुने गर्दछ जसका कारण बरुवाबासीलाई एक दिन लगाएर मेलम्ची बजारसम्म खाद्यान्न किन्न जानुपर्ने बाध्यता रहेको बासँखर्कका समाजसेवी पासाङ तामाङले बताउनुभयो ।

    अरनिको राजमार्गअन्तर्गतको जम्बुमा भोटेकोसी नदीमा आएको बाढीले सडक कटान गरेकाले हालसम्म पनि सडक सञ्चालनमा आउन नसकेको इप्रका बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताउनुभयो । नदीले सडक कटान गरेपछि भत्किएको सडकखण्डमा ढुङ्गाको ग्याविन भर्ने कार्य भइरहेको र सडक सञ्चालन गर्न अझै केही महिना लाग्ने उहाँको भनाइ थियो ।

    त्यस्तै वर्षाको कारण जुरेमा माथिबाट खस्ने लेदोले बेलाबेलामा सडक अवरुद्ध गर्ने गरेको छ । माथिबाट झरेको लेदो सडकमा जम्मा हुने हँुदा सवारी साधन फस्ने कारणले यातायात आवतजावतमा समस्या हुने गरेको छ ।

    हेलम्बु यातायातअन्तर्गतको जिरो किलोदेखि मेलम्चीसम्मको सडकको अवस्था निकै दयनीय छ । सडकमा परेको खाल्डो र हिलोको कारण यातायात सञ्चालनमा निकै कठिनाइ भएको मेलम्ची नगरपालिका ज्यामिरेका युवा रोमन कार्कीले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij