आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

केही वर्ष अगाडिसम्म चलनचल्तीमा रहेका कलात्मक धार्मिक पधेरा लोप

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  • केही वर्ष अगाडिसम्म चलनचल्तीमा रहेका कलात्मक धार्मिक पधेरा लोप भएका छन् ।

    हिन्दू संस्कृति र परम्परा बोकेका ऐतिहासिक पधेरा तथा नौला सरक्षंण र संवद्र्धनका अभावमा लोप भएको स्थानीयबासी बताउँछन् ।

    डडेल्धुरालगायत सुदूरपश्चिमका पहाडी जिल्लाका गाउँ बस्तीमा आधुनिक खानेपानीका धारा निर्माण भएपछि पुराना धारा तथा नौला जीर्ण बनेका रुपाल–८ का लोकराज भट्टले बताउनुभयो ।

    प्राचीनकालमा निर्माण भएका पधेराको प्रयोग नहुँदा जीर्ण भई लोप हुने अवस्थामा पुगेको अजयमेरु–७ स्थित समैजी प्रावि हाटका शिक्षक तेजबहादुर रावतले बताउनुभयो ।

    कुन समयमा कसले निर्माण ग¥यो भन्ने एकीन नभएता पनि धेरै पहिले निर्माण भएको हुन सक्ने र बाबु बाजेले पनि तीनै पधेराबाट पानी पिउने गरेको सदाशिव प्रावि रुपालका प्रअ टङ्कप्रसाद जोशी बताउनुहुन्छ ।

    विभिन्न स्थानमा रहेका कतिपय पुराना पधेरा तथा नौलाको मुहार फेरि आधुनिक किसिमले निर्माण गरिएको छ भने केही भने सरंक्षण को अभावमा जीर्ण भई लोप भइसकेका छन ।

    धार्मिक मान्यताअनुुसार पनि डडेल्धुरालगायत सुदूरपश्चिममा गौरा पर्वका बेला नौला तथा पधेराको पूजा गरिने प्रचलन रहेको अमरगढी–७ पोखराका पण्डित धर्मराज जोशीले बताउनुभयो ।

    हिन्दू संस्कृतिमा विवाहको दिनमा पनि नौलाको पूजा गरिने हुँदा यस्ता ऐतिहासिक वस्तुको सरंक्षण गरिनुपर्ने पण्डित जोशीको भनाइ छ ।

    मौसमअनुसार नौला तथा पधेरामा पानीको तामक्रम पनि परिवर्तन हुने हुँदा गर्मी समयमा चिसो र हिउँदमा तातो पानी हुने जनविश्वास रहेको छ ।

    जीर्ण बन्दै गएका पधेरा तथा नौलाको संरक्षण नगर्ने हो भने कथामा मात्रै सीमित रहने सर्वसाधारणको भनाइ छ ।

    हालसम्म जिल्लामा यस्ता पुराना तथा ऐतिहासिक पधेरा तथा नौलाको गणना नभएको जिविसले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij