शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नारायणी नदीमा पानीको बहाव घट्यो

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  • नवलपरासी । गण्डक नहरस्थित नारायणी नदीमा पानीको बहाव घट्दै गएपछि तत्कालका लागि सम्भावित खतरा टरेको छ ।

    नारायणी नदीअन्र्तगत गण्डक ब्यारेजमा पानीको सतह क्रमशः घट्दै गएको छ । पानीको सतह अहिले खतराको सङ्केतभन्दा तल झरेको गण्डक सङ्घर्ष समितिका अध्यक्ष रामवरण केवटले बताउनुभयो ।

    यसअघि नारायणी नदीमा पानीको सतह खतराको चिह्न पार गरेर १० दशमवल २० मि सम्म पुगेको थियो भने अहिले घटेर ७ दशमलव ३ मि मा आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नारायणी नदीमा पानीको सतह ८ दशमवल ४ मि नाघेपछि खतराको सङ्केत मानिन्छ ।

    यसैबीच नदीमा पानीको सतह घट्दै गएपछि जनजीवन सामान्य बन्दै गएको छ । गैैँडाकोटमा नारायणीको छाल पस्न छाडेको गैँडाकोट प्रहरीले जनाएको छ । पानीको सतह घटेपनि गण्डक नहरको ठोकरमा भने कटान जारी रहेको छ ।

    ठोकर नं १३ र ठोकर नं ३ का केही स्पर अथवा ब्लक बाढीले बगाएको छ । प्रजिअ महादेव पन्तले नदीमा पानीको बहाव घटेसंगै जनजीवन सामान्य बन्दै गएको बताउनुभयो ।

    यसैबीच माछा मार्ने क्रममा खोलामा डुबेर बिहीबार रमपुरवा–३ की ५० वर्षीया बिना मल्लाहको मृत्यु भएको छ । स्थानीय छोट्कीसुनरीस्थित झरही खोलामा माछा मार्न गएकी बिनाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij