शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

बाढीले मुहान बगाउँदा करोडौंको क्षति

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  • दाङ, १४ साउनnadi_katan
    अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले अर्घाखाँची जलुके–६ सापमारामा निर्माणाधीन सिंचाई नहरको मुहान भत्काउँदा करोडौंको क्षति भएको छ । गत असार मसान्तमा निर्माण गरिएको उक्त नहरको मुहान अविरल वर्षापछिको बाढीले भत्काएपछि देउखुरीका खेतवारीमा सिचाँइ गर्न पनि समस्या भएको छ । सो नहरका कारण राप्ती नदीको उत्तरतर्फ रहेको भालुबाङ बजारसमेत नदीको पानी नहरको मुहानमा ठोक्किएर व्यापकरुपमा कटान भएको छ ।

    जसका कारण इप्रका भालुबाङको दुई करोड बढी लगानीमा निर्माणाधीन भवनका साथै स्थानीयबासीका घरहरु पानीको धारले काटिरहेको छ । यस्तै देउखुरीको गोबरडिहा–१ कालाकाटेस्थित दक्षिणी चुरेबाट बग्ने भालुखोलामा आएको बाढीले सशस्त्र प्रहरीको आईआरटी पोष्टको भवनर भवन परिसरमा क्षति पुगेको छ ।

    यसैगरी बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कालाकाटेका दर्जनौ स्थानीयको घरमा क्षति पु¥याएको छ भने गोबरडिहा–१ मलमलास्थित भालुखोला, तुलसीपुरे खोला र गुहेखोलाले धार परिर्वतन गरी गाउँमा पसेर भौतिक क्षति गरेको छ । यसैगरी हालै निर्माण गरेको पक्की कलभर्टको धार परिर्वतन गरी खहरेखोला नै मलमला गाउँतिर बग्दा वस्तीका घर तथा खेतवारी कटान हुन सक्ने जोखिम बढेको छ ।

    बाढीले देउखुरी क्षेत्रमा घर, कल्भर्ट, पाइप लाइन, खानेपानीमा क्षति पुगेको छ । खोलामा आएको बाढीले पाइप बगाउँदा गोबरडिहा–२ बनबारी बनघुस्रीका दुई सय ५० घरधुरी पिउने पानीबाट बञ्चित भएका छन । यसैविच, लगातारको वर्षाका कारण आएको वाढिले तुलसीपुर नगरपालिका २० वेलगनारमा रहेको तटवन्ध वगाउदा सिचाँइमा समस्या देखिएको छ । पातुखोलामा आएको वाढिले तटवन्ध वगाउदा ६० बिगाह जमीनमा सिचाई गर्न समस्या भएको छ ।।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij