शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

म्याद सकिएको औषधि खुवाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  •  महोत्तरीको श्रीपुर गाविसमा क्षयरोग बिरामीलाई म्याद सकिएको औषधि खुवाउने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा श्रीपुर स्वास्थ्य चौकी इन्चार्ज एवम् चिकित्सक जिल्लाकै सरपल्लो गाविस–२ बस्ने ५५ वर्षीय रामकिशोर साह रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो ।

    प्रहरीका अनुसार २०७३ जेठ ६ गते का दिन श्रीपुर–९ बस्ने सन्तोष झाका छोरा छ वर्षीय सर्वेश झालाई क्षयरोग भएकामा औषधि उपचार गराउन स्वास्थ्य चौकी श्रीपुरमा लैजाँदा उक्त स्वास्थ्य चौकीका इन्चार्ज सिअहेब रामकिशोर साहले चेकजाँच गरी औषधि उपचार गर्ने क्रममा क्षयरोगको म्याद सकिएको औषधि सेवन गर्न दिएका थिए ।

    बिरामी झाले औषधि सेवनपछि पनि रोग निको नभएपछि औषधि जाँच गराउँदा सो औषधिको मिति सिद्धिइसकेको बिरामीका बुबा सन्तोष झाले कालोबजारी मुद्दामा कारबाही गरी पाऊँ भन्ने बेहोराको जाहेरी दरखास्त यही साउन १२ गते इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीमा दिनुभएको थियो ।

    स्वास्थ्य चौकी श्रीपुरमा खानतलासी गर्दा उक्त औषधिको म्याद केही महिनाअघि नै सकिएकाले २५२ ट्यावलेट बरामद भएकामा सोको बरामदी मुचुल्का गरी निज सिअहेब राजकिशोर साहलाई प्रहरीले बिहीबार पक्राउ गरेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij