शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

भारतले तत्काललाई बाँध नबाँध्ने सहमति

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  • भारतीय पक्षले नेपाल सीमामा रहेको नदीमा तत्काललाई बाँध नबाँध्ने सहमति गरेको छ । आज दुई पक्षबीच कुनौलीमा भएको छलफलमा त्यस्तो सहमति भएको हो ।

    सप्तरीका पत्रकार श्यामसुन्दर यादवले जानकारी गराए अनुसार तत्काललाई बाँध नबाँध्ने पछि दुई देशबीच प्राविधिक टोली बनाएर अध्ययन गरी मात्र कुनै कार्यअगाडि बढ्ने सहमति दुई पक्षमा भएको बताइएको छ ।

    गृहप्रवक्ता यादव प्रसाद कोइरालाले दिएको जानकारी अनुसार दुई देशका स्थानीय अधिकारी बीच छलफल भएको थियो । भारतीय पक्षले नेपालीभूमि डुबानमा पर्ने गरी सप्तरीको तिलाठीको दसगजामा निर्माण गरेको बाँध तिलाठीका जनताले सो बाँध भत्काएपछि हिजो झडप भएको थियो ।

    स्थानीय स्रोतका अनुसार बाँध भत्काएको बाँध बनाउन थालेपछि त्यसलाई रोक्नका लागि तिलाठीबासी गएका थिए । त्यहाँ गएपछि भारतीय पक्षले लाठी एवम् ढुङ्गा प्रहार गरेका थिए । नेपाली जनताको विरोध र स्थानीय प्रशासनको आग्रहलाई वेवास्था गर्दै भारतीय पक्षले तिलाठी र भारत बिहार राज्यको सुपौल अन्तर्गतको कुनौली सीमाको दसगजामा बाँध निर्माण निर्माण गरेको थियो ।

    भारतीय पक्षबाट भएको ढुगांमुढाबाट तिलाठी १ का हर्षबद्र्धन कर्ण, संजीब झा, तिलाठी ४ का देवनारायण यादव, तिलाठी ७ का रोशन झा, तिलाठी ८ का सुशिल यादव र शंकर प्रसाद यादव घाइते भएका छन् । उनीहरुको उपचारका लागि राजविराजस्थित अञ्चल अस्पतालमा भइरहेको छ ।

    बिहान भारतीय जनताको संख्या धेरै भएपछि विरोध जनाएर फर्केका नेपाली पक्षको संख्या अपरान्ह बढेपछि बाँधमा राखिएको बाँस, बालुवाले भरिएको बोरा निकालेर फालिदिएका थिए ।

    सहमतिबिपरित भारतीय पक्षका प्राविधिक कर्मचारीले माथिको आदेश भन्दै धमाधम पक्की संरचना बनाउन थालेपछि विवाद बढेको हो ।

    एक साताअघिबाट भएको अविरल वर्षापछि खाँडो नदीमा आएको बाढीले साउन ८ गते सात वर्षअघि एकपक्षीय रुपमा बनाइएको उक्त बाँध भत्किाएको थियो । भत्किएपछि भारतीय पक्षका जनताले त्यसलाई पुनः बाध्न आएका थिए ।

    दसगजामा बाँध निर्माण नगर्न आग्रह गरेपनि भारतीय पक्षले निर्माण कार्य जारी राखेकोले अवस्था तनावग्रस्त बनेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट तिलाठीका निरीक्षक ज्ञानबहादुर श्रेष्ठले बताए । बाँध निर्माण गरेपछि वर्षाको पानीको निकास थुनिएर सप्तरीको तिलाठी, रम्पुरा मल्हनिया, सकरपुरा, विषरिहया, कोइलाडी, कोबरसाइन, लौनिया, हनुमाननगरलगायतका गाविस डुबानमा पर्ने गर्दथ्यो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij