प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका मन्त्री तथा उच्च सरकारी अधिकारीले विदेश भ्रमणका नाममा राज्य कोषको करोडौ रकम खर्च गरेका छन् । मन्त्री, राज्य मन्त्री तथा सरकारी कर्मचारीले विभिन्न मुलुकको भ्रमण गरेको खर्च अर्थ मन्त्रालयले सम्वन्धित मन्त्रालयलाई निकासा समेत गरिसकेको छ ।
अर्थले एक महिनामा करिव एक करोड ३० रुपैयाँ रकम भ्रमण खर्चका रुपमा निकासा गरेको हो । मन्त्री, राज्य मन्त्री र कर्मचारीको भ्रमणका गरेको खर्चवापत असारमा मात्र अर्थ मन्त्रालयले यो रकम दिएको हो । परराष्ट्र, जनसंख्या तथा वातावरण, पर्यटन, रक्षा लगायतका मन्त्रालयका नाममा अर्थले असारमा रकम निकासा गरेको जनाएको हो । विदेशका विभिन्न कार्यक्रमका लागि भ्रमणमा गएका मन्त्री तथा उच्च अधिकारीको भ्रमण खर्चका लागि यो रकम निकासा भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार यो महिना भ्रमण खर्चवापत सवैभन्दा वढी रकम परराष्ट्र मन्त्रालयलाई निकासा गरेको छ । भ्रमणका लागि सवैभन्दा वढी खर्च गर्नेमा परराष्ट्र मन्त्री कमल थापा देखिएका छन् । परराष्ट्रमन्त्री कमल थापाको टोली इस्तानवुल कायोयोजनाको समिक्षा र इजरायल भ्रमणमा जाँदा मात्र ४२ लाख २१ हजार खर्च भएको भनि मन्त्रालयले रकम निकासा गरेको छ । यस्तै, थापा सहितको टोली अमेरिका भ्रमण जाँदा गरेको खर्च वापत १५ लाख २९ हजार रुपैयाँ परराष्ट्र मन्त्रालयलाई अर्थले उपलव्ध गराएको छ । यस्तै, अर्थ राज्यमन्त्री दामोदर भण्डारी सहितको टोली एडीवीको वैठकमा जाँदा १५ लाख ४६ हजार रुपैयाँ रकम खर्च गरेको छ । मन्त्रालयका अधिकारीले विभिन्न मुलुक जाँदा २६ लाख ५७ हजार रुपैयाँ खर्च गरेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीले चीन, भुटान, कोरिया भ्रमणका क्रममा यो रकम खर्च गरेका हुन् । रक्षा मन्त्री भीम रावलको ३ सदस्यीय टोली अमेरिकाको न्युयोर्क जाँदा मात्र १२ लाख ५६ हजार रुपैयाँ खर्च गरेको छ । यहि महिना वाणिज्य सचिव सहितको टोलीले पनि भारत जाँदा ११ लाख ३४ हजार रुपैयाँ खर्च गरेको र यो रकम पनि अर्थले निकासा गरेको हो । वाणिज्य सचिव स्तरिय वैठकमा भारत जाँदा यो रकम खर्च भएको अर्थले जनाएको छ । यस्तै, पर्यटन, उद्योग लगायतका मन्त्री र अधिकारीले पनि लाखौ रकम भ्रमणमा खर्च गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij