आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रचण्ड र एसियाली राजनीतिक पार्टीहरुको अन्तर्राष्ट्र्यि सम्मेलन आइसिएपी सङ्गठनका

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  •  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एसियाली राजनीतिक पार्टीहरुको अन्तर्राष्ट्र्यि सम्मेलन आइसिएपी सङ्गठनका अध्यक्ष जोसे डे भेनेसिया जुनियरकाबीच भेटवार्ता भएको छ ।माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले नेपालमा संविधानसभाबाट संविधान निर्माण गरी समावेशी प्रजातन्त्र स्थापित गरेको बताए ।

    उनले आफ्नोतर्फबाट राष्ट्रिय एकता कायम गरी राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रयासरत रहेको बताउँदै राष्ट्रिय एकताबाट मात्र राष्ट्रको तीव्र विकास, प्रगति र उन्नति सम्भव भएको बताए ।

    भेटका क्रममा आइसिएपीका अध्यक्ष भेनेसियाले राजतन्त्रको अन्त्य, शान्ति प्रक्रियामार्फत युद्धको अन्त्य र व्यवस्थापन, सङ्घीय व्यवस्थाको स्थापनाजस्ता महान् उपलब्धि नेपाल, नेपाली जनता र नेपालका राजनीतिक पार्टीले हासिल गरेको र यो विश्वकै लागि उदाहरणीय भएको बताए ।

    उनले प्राप्त उपलब्धिलाई अझ उचाइमा पु¥याउन नेपालका राजनीतिक पार्टी सहमति र समझदारीकासाथ एकताबद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

    साथै उनले आइसिएपीको आगामी सेप्टेम्बर १ मा क्वालालम्पुरमा हुने सम्मेलनमा सहभागिताका लागि अध्यक्ष प्रचण्डलाई निमन्त्रणासमेत दिएका थिए ।

    सो अवसरमा नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij