प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले मुलुकका विभिन्न स्थानमा वर्षासँगै आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेका परिवारका लागि राहत कोष घोषणा गरेको छ । क्रान्तिकारीको शुक्रबार बसेको केन्द्रीय कार्यालय बैठकले १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको राहात कोष घोषणा गरेको हो ।
संयोजक नरेन्द्र न्यौपानेद्वारा जारी विज्ञप्तिमा ‘मुलुकका विभिन्न भागमा वाढी पहिरोका कारण जनधको ठुलो क्षति हुन गएको छ । खास गरी तराई मधेश र पहाडका जनता यसवाट असाध्यै प्रताडित भएको छन् । यस विपत्तीको घडिमा पिडित जनताको उद्धार कार्यमा सहयोग पुग्ने गरी अखिल क्रन्तिकारीको तर्फवाट एकलाख एघार हजार एकसय एघार रुपयाँको राहात कोष घोषणा गरिएको छ । यो रकम संगठनका संगठित सदस्यहरुको लेवी र सहयोग वाट जुटाइएको हो ।’
न्यौपानेले बाढी प्रभावितका लागि थप सहयोग समेत जुटाएर सरकारलाई हस्तान्तरण गर्ने बताए । यस्तै क्रान्तिकारीले राहत तथा उद्धार कार्यमा संलग्न हुन संगठनका सदस्यहरुलाई निर्देशन दिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij