प्रकाशित मिति : शनिबार, साउन ८, २०७३
गुल्मी, साउन ८ – अविरल वर्षाका कारण पहिरो जाँदा रिडी–रुद्रबेणी सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत रिडीको लामा चौपारी र साँघुरेमा माथिबाट खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
बढीघाट खोलामा आएको बाढीसँगै कालीगण्डकी नदीको बहाव बढेर सडक माथिबाट पानी बगिरहेको हुँदा सडक खुलाउन थप समस्या परेको इलाका प्रहरी कार्यालय रिडीका प्रहरी निरीक्षक केशवराज ज्ञवालीले बताउनुभयो । ज्ञवालीका अनुसार शनिबार बेलुकासम्म पनिसडक कम छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij