प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३
उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा संविधान कार्यान्वयन गरी देशमा आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएका छन् ।
नेपाल फ्राइट फरवार्डर्स एसोसिएसनले २२ औँ कार्गो दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले नेपाललाई समृद्ध बनाउन स्वदेशमा भएका स्रोत तथा साधनलाई अधिकतम उपयोग गरी गुणस्तरीय उत्पादन गर्नुपर्नेमा जोड दिँदै त्यसले निर्यातमुखी व्यापार बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उपराष्ट्रपति पुनले कार्गो व्यवसायले विभिन्न देश तथा त्यहाँका नागरिकलाई सेवा पु¥याउनाका साथै सम्बन्ध विस्तार गर्ने बताउँदै सो व्यवसायले निर्यातको अनुपातमा आयात वृद्धि गरेकामा चिन्ता व्यक्त गरे ।
वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा माग भएका नेपाली वस्तुको गुणस्तरीय उत्पादन हुन नसक्दा निर्यात वृद्धि हुन नसकेको बताए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष भवानी राणा लगायतले देशमा गरिने पूर्वाधार र विकासनिर्माणका कार्यमा स्थानीय जनसहभागिता गराउन सकेमा मात्र सामाजिक रुपान्तरण सम्भव हुने विचार व्यक्त गरे । एसोसिएसनका अध्यक्ष प्रकाशसिंह कार्कीले सो व्यवसायमा संलग्न व्यवसायीको हकहित सुरक्षित गर्न संस्था क्रियाशील रहेको बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij