प्रकाशित मिति : शनिबार, साउन १५, २०७३
किरातीकोहरुको बस्ती भएको क्षेत्रको सिमाङ्कनको खाका बनाउदा जातिय पराम्परा, संस्कृति आदिलाई संरक्षण हुने हिसावले गाउपालिकाको सिमाङकन गर्न थुलुङ राई सामाले सुझाव पेश गरेको छ ।
थुलुङ राई सामाले किरातीहरुको बसोबास भएको २० गाविसलाई मिलाएर सिमाङकन सहितको सुझाव गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमाना निर्धारण आयोगका जिल्ला स्तरीय स्थानीय तह पुनर्संरचना प्राबिधिक सहयोग समिति सोलुखुम्बुलाई पेश गरेको हो ।
किरातीहरु विभिन्न भाषा बोल्ने तथा भाषा अनुसार संस्कृति रहनसशन फरक रहेकोले एक भाषा बोल्ने किरातीलाई नफुटाउन भन्दै सिमाङकनको क्रममा ध्यान दिनका लागि ध्यानाकर्षण सहितको सुझाव पेश गरिएको थुलुङ राई सामा सोलुखम्बुका सचिव उत्र कुमार राईले बताउनु भयो ।
थुलुङ राई सामाले २० गाविसलाई समेटि बनाएको सिमाङकन अनुसार थुलुङहरुको बस्ती भएको लोखिम, जुवु, देउसा, मुक्ली काँगेल र पञ्चन गाविसलाई फुल्युकु गाउपालिका बनाउन सुझाव दिएको छ । थुलुङहरुको उद्घम स्थल भएकोले फुल्युकु नामाङकरण गरिएको सचिव राईले बताउनु भयो ।
त्यस्तै कुलुङहरुको बसोबास भएको छेस्काम, गुदेल, बुङ, सोताङ र पावै गाविसलाई समेटी महाकुलुङ गाउपालिका नामाङकरण गर्न सुझाव दिएको र उक्त गाउपालिकाको पावै र सोताङमा खालिङ र नाछिरिङको पनि बसोबास रहेको भएपनि कुलुङहरुको बढि जनसंख्या रहेकोले महाकुलुङ नै नामाङकरण गरिएको थुलुङ राई सामाले जनाएको छ ।
यता थुलुङ र बाहिङको बसोबास रहेको नेचा बेतघारी, नेचा बतासे, तिङला र सल्यानलाई समेटी माङहिम नामाङकरण गर्ने र सिमाङकन त्यही रहेपनि नामाङकरणमा माङहिमको विकल्पमा सुमदेल राख्न सकिने थुलुङ राई सामाले जनाएको छ ।
त्यस्तै खालिङहरुको बाहुल्यता रहेको जुभिङ, वाकु, काँकु, बासा र टाक्सिन्धुलाई समेटेर ख्यालदेल गाउपालिका नामाङकरण गरिएको थुलुङ राई सामाले जनाएको छ । उक्त सुझाव पत्रको बोधार्थ जिल्लामा सबै राजिनितिक दलहरु र विभिन्न जातिय संघ संस्थाई पनि समेटिएको थुलुङ राई सामाले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij