प्रकाशित मिति : शनिबार, साउन १५, २०७३
बर्दिया । बाघ दिवसका अवसर पारेर बर्दियामा बाघको संख्या सार्वजनिक गरिएको छ । सातौ बिश्व बाघ दिवसका अवसरमा बर्दिया राष्ट्रिय निकुञ्ज द्वारा आयोजीत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापाले बाघको संख्या सर्वजनिक गरेका हुन् । पछिल्लो गणना अनुसार बर्दियामा नयाा २९ डमरु सहित बाघको संख्या ८५ पुगेको छ ।
चोरी शिकार, बासस्थानको बिनाश तथा आहारा र पानीको कमीका कारण संसारबाटै बाघको संख्या घट्दै गएको अवस्थामा बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो सन २०१६ को गणनामा थप ३५वटा बाघको संख्याा बढेरक ८५ पुगेको हो । सन् २०१३ मा गरिएको बाघ गणनामा बाघको संख्या १६ भाले र ३४ पोथी गरी ५० वटा बयस्क पाटे बाघ रहेका थिए ।
२०७२ माघ ३ गते देखिसुरु गरेर ७२ दिनसम्म क्यामरा ट्रयापिङ्ग प्रविधिबाट बाघ गणनाको शुरुगरिएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश थापाले बताए । गणनामा बयस्क बाघ ५०, अर्धबयस्क बाघ ६ र बच्चा (डमरु) २९ वटा गरी जम्मा ८५ वटा बाघ रहेको थापाले बताए । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ संख्यामा बृद्धि भएपछि संरक्षण कर्मीहरु खुशी भएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij