शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

अतिक्रमण गरेर बनाइएका घरटहरा भत्काइँदै

  • प्रकाशित मिति : शनिबार, साउन १५, २०७३



  •  महोत्तरीको बर्दिवासमा आज सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर टहरा भत्काइएका छन्।

    रातु नदी उकासको बर्दिवास–१ स्थित तीन हेक्टर जग्गा छेकेर रातारात बनाइएका घरटहरा स्थानीय प्रशासन, प्रहरी, सशस्त्र प्रहरी, पर्ती तथा नदी उकास संरक्षण समिति बर्दिवास र नागरिक समाजको सामूहिक निर्णयबाट भत्काइएको बर्दिवास नगरपालिकाले जनाएको छ।

    नदी उकास र पर्ती जग्गामा पछिल्ला केही दिनयता अतिक्रमण बढेर रातारात घर टहरा बनाउने क्रम बाक्लिएको थियो। गत बुधबार सम्पन्न सर्वपक्षीय बैठकको निर्णय अनुसार पर्ती र नदी उकास जग्गामा घरटहरा बनाएका बर्दिवास–९ का राजकुमार सिंहलाई तत्काल जग्गा खाली गर्न अनुरोध गर्दा त्यसको अटेर गरेर त्यसयता रातारात थप घर टहरा धमाधम बनाउन लागेपछि आज अतिक्रमण हटाइएको नगरपालिका कार्यकारी अधिकृत तथा पर्ती तथा नदी उकास जग्गा संरक्षण समितिका संयोजक रामकुमार कार्कीले जानकारी दिए।

    यता सिंहले भने अनाथका लागि बनाइएको आश्रम प्रहरी, प्रशासनको बलमा नगरपालिकाले भत्काइदिएको गुनासो गरेका छन्। बर्दिवासमा अहिले पर्ती र नदी उकास जग्गामा भएको अतिक्रमण हटाउनाका साथै त्यस्ता जग्गाको थप खोजी गरिने कार्य सँगसँगै बढाइएको छ। पर्ती र नदी उकास जग्गा खोज्ने र छुट्याउने अभियान अन्तर्गत पछिल्ला तीन दिनमै रातु नदी उकासका १०० हेक्टर जग्गा छुट्याएर पिलर (स्तम्भ, सिमेन्टको पक्की खाँबा) गाडिएको ले छ।

    एकमहिने सो अभियानअन्तर्गत नगरपालिका क्षेत्रका सबै पर्ती र नदी उकास जग्गा छुट्याइने कार्यकारी अधिकृत कार्कीले बताउनुभयो। बर्दिवास नयर क्षेत्रमा ४०० हेक्टरभन्दा बढी पर्ती र नदी उकास जग्गा रहेको अनुमान छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij