आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

जर्मनीमा आक्रमण : १८ वर्षका किशोरले चलाए अन्धाधुन्ध गोली

  • प्रकाशित मिति : शनिबार, साउन ८, २०७३



  • साउन ८ – जर्मनीको म्युनिखमा रहेको एक सपिङ सेन्टरमा भएको अन्धाधुन्ध गोलीकाण्डमा एक जना मात्रै संलग्न रहेको त्यहाँको प्रहरीले जनाएको छ । सपिङ सेन्टरमा प्रवेश गरेका १८ वर्षका इरानी मुलका जर्मन नागरिकले अन्धाधुन्ध गोली चलाउँदा ९ जनाको ज्यान गएको जर्मन प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । घटनामा १६ जना घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएर सर्वसाधारण नागरिकले हत्या गरेपछि आफूलाई गोली हानेका थिए ।

    आक्रमणको उद्देश्य भने अहिलेसम्म स्पष्ट भएको छैन । यसअघि आक्रमणमा तीन जनाको संलग्नता रहेको आशंका गरिएको थियो । म्युनिखको व्यस्त सपिङ सेन्टरमा भएको आक्रमणपछि स्थानीय सरकारले म्युनिखमा आपतकालीन अवस्था घोषणा गरेको छ र आतंककारी विरुद्ध कारबाही अभियान सुरु गरेको छ । प्रहरीका हेलिकप्टरले सुरक्षा निगरानी बढाएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । प्रहरीले नागरिकलाई सार्वजनिक स्थानमा नजान आग्रह गरेको छ । शनिबार राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्ने छ । घटनापछि सार्वजनिक यातायात बन्द गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij