प्रकाशित मिति : शनिबार, साउन १५, २०७३
नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सबै दललाई मिलाएर संविधान कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताएका छन् ।
नेपाली काँग्रेस सूर्यविनायक नगरसमितिले आज भक्तपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेसको नेतृत्वमै संविधान बनेकाले त्यसको कार्यान्वयन गर्ने जिम्मा पनि काँग्रेसकै काँधमा आएको बताएका हुन् ।
उनले भने– “संविधान निर्माणदेखि जारी गर्नसम्म सँगै रहेका मुख्य तीन दल, नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई संविधान कार्यान्वयनमा पनि सँगसँगै लैजानुपर्छ, मधेसवादी दललाई समेत समेटेर अगाडि जाने जिम्मेवारी अब काँग्रेसको हो ।”
संविधान सहमतिको दस्तावेज भएको जिकिर गर्दै उहाँले संविधानमाथि प्रश्न गरेर संविधानलाई निष्क्रिय बनाउनतर्फ नलागी सबै दल संविधानको सफल कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij