आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पूर्वउद्योगमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई युगपुरुषको सङ्ज्ञा

  • प्रकाशित मिति : शनिबार, साउन १५, २०७३



  •  पूर्वउद्योगमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई युगपुरुषको सङ्ज्ञा दिएका छन् । आज युवा सङ्घ नेपाल भक्तपुर नगर कमिटीले आयोजना गरेको बृहत् युवा भेला एवम् युवा पार्टी प्रवेश तथा सम्मान कार्यक्रममा बोल्दै उनले जनताको नजरमा प्रधानमन्त्री ओली युगपुरुष भएको बताएका हुन् ।

    प्रधानमन्त्री ओलीले सरकार छाड्ने बेलासम्म पनि नेपालको राष्ट्रियतालाई विदेशीसामु झुक्न नदिएको र छोटो अवधिमा पनि जनताको पक्षमा कार्यक्रम ल्याएको भन्दै युग पुरुषको सङ्ज्ञा दिएका हुन् ।

    उनले भने–“भारतीय नाकाबन्दीको सामना गर्दै आमनागरिकको मनमनमा राष्ट्रियताको भावना जागृत गराउने वर्तमान सरकारले जनमुखी बजेट र कार्यक्रम ल्याउँदै चीनसँगको उपलब्धिमूलक सम्झौता गर्न सफल व्यक्ति प्रधानमन्त्री ओली अहिलेका युगपुरुष हुन् ।”

    निर्वाचन र संविधान कार्यान्वयनमा अग्रसरता लिएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकार छाडेर अविश्वास प्रस्ताव दर्ता गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई इतिहासले माफ नगर्ने उनको भनाइ थियो ।

    उनले भने – “माओवादीप्रतिको जनताको झिनो विश्वास पनि अब चुँडिएको छ, अबको निर्वाचनमा जनताले त्यसलाई सावित गरिदिनेछन् ।”

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij