प्रकाशित मिति : शनिबार, साउन १५, २०७३
नेपाली सेनाले देशको विभिन्न स्थानमा गएको बाढी तथा पहिरोबाट पीडितको उद्धार तथा राहत वितरण कार्य जारी राखेको छ ।
सोही क्रममा आज सप्तरी जिल्लास्थित नेपाली सेनाको कृष्णदल गणले सोही जिल्लाको कोर्वसाइन गाविस–४ र ५, कौलावी गाविस–७ र ८ तथा रामपुर मटहनिया गाविस–५ का बाढी पीडित ३६१ परिवारलाई सैनिक श्रीमती सङ्घद्वारा सहयोगस्वरुप प्राप्त भएको खाद्यान्न, कपडा तथा २५० थान मण्डी वितरण गरेको छ ।
त्यसैगरी, आजै प्यूठान जिल्लास्थित गोरखबक्स गणले सोही जिल्लाको फोप्ली, लुङ, खवाङ, पुजा, अर्खा र माझकोट गाविसको बाढीपहिरो पीडित ९४ घर परिवारलाई सैनिक श्रीमती सङ्घद्वारा सहयोगस्वरुप प्राप्त खाद्यान्न, कपडा तथा ९४ थान मण्डी वितरण गरेको छ ।
साथै, फोप्ली–३ का सवै आफन्त पहिरोमा गुमाएका बालिका सेमी पुन र छेमी पुनलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी आजै प्यूठान जिल्ला सदरमुकाम खलङगाको सेफ हाउसमा ल्याएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij