प्रकाशित मिति : शनिबार, साउन १५, २०७३
नेपाल विद्यार्थी संघको विधिवत् महाधिवेशनको माग गर्दै २ जना विद्यार्थी नेताले शनिबारदेखि आमरण अनसन सुरु गरेका छन् । साउन २३ गते उद्घाटन हुने तय भएको नेपाल विद्यार्थी संघको महाधिवेशनमा फर्जी प्रतिनिधी सहभागि गराउन लागिएको आरोप लगाउँदै नेविसंघ पूर्व–केन्द्रीय सदस्य गणेश सापकोटा र विद्यार्थी नेता रत्नहरी ढुंगेल आमरण अनसनमा बसेका हुन् । ७ दिनदेखि कांग्रेस केन्द्रीय कार्यालय सानेपामा रिले अनसन बस्दै आएको कुन्दनराज काफ्ले नेतृत्वको समूहका तर्फबाट सापकोटा र ढुंगेलले पार्टी कार्यालय परिसरमै आमरण अनसन थालेका हुन् । आमरण अनसन बसेका पूर्व–केन्द्रीय सदस्य सापकोटाले लोकतान्त्रिक विधि र विधानको मर्यादा मिचेर नेविसंघ महाधिवेशन गर्न खोजिएका कारण विधिवत् महाधिवेशन गराउन अनसन बस्नुपरेको बताए । ‘जबसम्म विधिसम्मत महाधिवेशन हुने सुनिश्चितता हुँदैन हामी आमरण अनसन रोक्दैनौं ।’, सापकोटाले भने ।
आमरण अनसनमै बसेका नेता रत्नहरी ढुंगेलले नेविसंघलाई वास्तविक विद्यार्थीहरुको संगठन बनाउन आफूहरु आन्दोलनमा उत्रिएको बताए । उनले फर्जी प्रतिनिधी हटाउने, विधानले तोकेको संख्याभन्दा बढी प्रतिनिधी नहुने र प्रक्रिया नपुगेका जिल्ला र क्याम्पसमा विधि पु¥याएर प्रतिनिधी ल्याउने निर्णय नभएसम्म आमरण अनसन जारी रहने बताए ।
आमरण अनसनमा बसेका विद्यार्थीहरुलाई माला लगाइदिँदै नेविसंघका पूर्व–कोषाध्यक्ष एवं आसन्न महाधिवेशनमा अध्यक्षका प्रत्याशी कुन्दनराज काफ्लेले पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना नगरेसम्म आन्दोलन नरोकिने बताए । ‘हिजो राणादेखि राजासम्मलाई विद्यार्थी आन्दोलनले नै पाखा लगाएको हो । अब पार्टीभित्रको तानाशाही प्रवृत्तिलाई पाखा लगाउँछौं,’ काफ्लेले भने । उनले महाधिवेशनमा भागबण्डाका आधारमा प्रतिनिधी र नेतृत्व टुंग्याएर वास्तविक विद्यार्थीको अभिमतको अपमान गर्ने प्रयास भएको आरोप लगाए । ‘वास्तविक विद्यार्थीलाई पाखा लगाएर फर्जी प्रतिनिधीले नेविसंघ महाधिवेशन गर्ने अवस्था अन्त्य गर्नका लागि आन्दोलनमा उत्रिएका छौं । पार्टी नेतृत्वले सुनेन भने– ‘आन्दोलन अझ सशक्त बनाउँछांै,’ काफ्लेले भने । यसअघि ७ दिनसम्म रिले अनसन बस्दा पनि सुनुवाई नगरेको भन्दै काफ्लेले समस्या समाधान गर्न चाहे ४८ घण्टाभित्र सबै विवाद सुल्झेर महाधिवेशनको वातावरण बन्न सक्ने बताए । उनले पार्टीभित्रै आन्तरिक लोकतन्त्रको चीरहरण भइरँदा पार्टी नेतृत्व जिम्मेवार नभए दुर्घटना हुनसक्ने बताए ।
सो क्रममा नेविसंघ केन्द्रीय सदस्य एवं पूर्व–सहमहामन्त्री बलदेव तिमिल्सिनाले बन्द कोठाभित्र निर्णय गरेर लाखौं विद्यार्थीको जनमत लत्याउन खोजिए कडा प्रतिवाद हुने बताए । उनले पार्टी र नेविसंघ नेतृत्वले निरंकुशता लादेको भन्दै विधिसम्मत महाधिवेशन हुने शर्तमा मात्रै आन्दोलन रोकिने बताए ।
आमरण अनसन सुरु हुनुअघि विभिन्न क्याम्पसबाट विद्यार्थीहरु ¥याली सहित कांग्रेस केन्द्रीय कार्यालय पुगेका थिए ।
अर्को समूह रिले अनसनमा
विधानसम्मत महाधिवेशनको माग गर्दै नेविसंघकै अर्को सूमह कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ३ दिनदेखि अनसनमा छ । नेविसंघ केन्द्रीय सदस्य ईन्दु शर्माको अगुवाईमा विधानसम्मत महाधिवेशन माग गर्दै विद्यर्थाीहरु रिले अनसनमा बस्दै आएका हुन् ।
पद्मकन्या क्याम्पसकी ईकाई अध्यक्ष साधना भण्डारीका अनुसार विधानले तोकेको बढीमा २४ सय प्रतिनिधी हुने सिलिङ तोडेर ३४ सय बण्ी प्रतिनिधी बनाइएका कारण अनसन भएको हो । आफ्ना माग तत्काल सम्बोधन नभए आमरण अनसन बस्ने चेतावनि भण्डारीले दिइन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij