शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

स्वास्थ्य र शिक्षाका बेथितिविरुद्ध आठौँ पटक अनशनमा बस्नुभएका डा गोविन्द केसी आज आफ्ना समर्थकका साथमा प्रदर्शन

  • प्रकाशित मिति : शनिबार, साउन १५, २०७३



  •  स्वास्थ्य र शिक्षाका बेथितिविरुद्ध आठौँ पटक अनशनमा बस्नुभएका डा गोविन्द केसी आज आफ्ना समर्थकका साथमा प्रदर्शन गदै सडकमा उत्रिनुभएको छ ।

    स्थानीय माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका डा केसीका समर्थकले स्थास्थ्य र शिक्षाका बेथिति निम्त्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोग९अदुअआ० का प्रमुख आयुक्त सक्रिय रहेको भन्दै उहाँविरुद्ध नारा लगाउँदै प्रदर्शनमा उत्रिए ।

    प्रदर्शनमा सहभागी केसीले आफ्ना समर्थकसँगै नारा लगाउनुभएको थियो । उहाँका समर्थक विद्यार्थी लगायतले ‘डा केसी एक्लो छैनौ, हामी तिम्रो साथमा छाँै’ जस्ता नारा लगाएका थिए ।

    प्रदर्शनपछि नयाँ बानेश्वरमा आयोजित कोणसभामा डा केसीले आफूसँग सरकारले गरेकोे सहमति उल्लङ्घन हुने सङ्केत देखिएको बताउनुभयो । सबै नेपालीको गुणस्तरीय शिक्षामा पहँुच होस्, पैसा बाधक नहोस् भनी आफूले आन्दोलन गरेको जानकारी गराउनुभयो ।

    उहाँले अदुअआका प्रमुखले आफ्नो क्षेत्रभन्दा बाहिर गएर हस्तक्षेप गरेको र संविधानभन्दा माथि गएर सत्ता चलाइरहेको आरोप लगाउनुभयो ।

    सभामा डा जीवन क्षेत्री, रञ्जु दर्सना, सिर्जना विश्वकर्मा र अस्मिना रञ्जितले केसीले उठाएका माग पूरा नभएसम्म आन्दोलन चलिरहने बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij