शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पूर्वअध्यक्ष खिलराज रेग्मीले देश र जनताको हितलाई सर्वोपरि राखेर अघि बढेको खण्डमा राजनीतिक दललाई

  • प्रकाशित मिति : शनिबार, साउन १५, २०७३



  •  मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले देश र जनताको हितलाई सर्वोपरि राखेर अघि बढेको खण्डमा राजनीतिक दललाई सरकार फेर्ने कामको जिम्मेवारी घट्दै जाने विश्वास व्यक्त गर्नुभएको छ।
    गाउँ सेवा परिवार, बिर्घा, स्याङ्जाको २०औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो–“त्यसका लागि हृदयमा इमान्दारी र मस्तिष्कमा समझदारी भएमा मात्र काँधको जिम्मेवारी पूरा गर्न सकिन्छ।”

    परिवर्तित अवस्थामा राजनीतिलाई सही बाटोमा डो¥याउन संविधान कार्यान्वयनको सवालमा देश र जनतालाई केन्द्रबिन्दुमा राखेर सबै राजनीतिक दलले साझा धारणा बनाउन गम्भीरतापूर्वक जुट्नु जरुरी छ– पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो ।

    सरकारले दैनिक प्रशासनको कामभन्दा संविधानलाई बढीभन्दा बढी स्वीकार्य बनाउने काममा जुट्न आवश्यक छ भन्दै उहाँले सधैँको जोड घटाउको राजनीतिमा अल्झँदा सङ्क्रमण लम्बिन गएको र मुलुकमा परनिर्भरता बढ्दै गएकोतर्फ सचेत हुन आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो– “सबैभन्दा प्राथमिकता र बोझिलो जिम्मेवारी भनेको संविधान कार्यान्वयन नै हो, यो जिम्मेवारीको भारी नबिसाई अरु जिम्मेवारी लिन मिल्दैन, भावी पुस्ताले शिक्षा, रोजगारी र समृद्धि खोजेका छन्, अबको सरकारको काँधमा जिम्मेवारीको थुप्रो छ ।”

    उद्योगमन्त्री सोमप्रसाद पाण्डेले फरक राजनीतिक सिद्धान्त, आस्था र भूमिका रहे पनि आत्मनिर्भर, स्वाधीनता र मुलुकको सार्वभौमको रक्षाका लागि सबै राजनीतिक दलहरु एकढिक्का हुन आवश्यक रहेको बताउनुभयो ।

    उहाँले भन्नुभयो– “अथाह प्राकृतिक स्रोत साधनले भरिपूर्ण तथा विश्वमै मेहनती र इमान्दारीको पहिचान बोकेका नेपाली अब कदापि गरिब हुन सक्दैन, हाम्रा हिमाल र जलस्रोतको समुचित उपयोग गर्न आवश्यक छ ।”

    सांसद कमल पङ्गेनीले प्रजातन्त्रलाई सुसंस्कृत तुल्याउन तथा अनतामा अधिकार पु¥याउने सन्दर्भमा विगतमा भएका आन्दोलनमा कालीगण्डकी क्षेत्रका जनताले निकै ठूलो योगदान पु¥याएको धारणा व्यक्त गर्नुभयो ।

    पूर्व सांसद शङ्करप्रसाद पाण्डेयले आधा शताब्दीभन्दा बढी समय लोकतन्त्रका लागि खर्चनु परेको इतिहासको चर्चा गर्दै अब हाम्रो प्राथमिकता आर्थिक समृद्धि र अग्रगमन नै हुनुपर्छ भन्नुभयो ।

    गाउँ सेवा परिवार बिर्घा स्याङ्जाका अध्यक्ष खड्गबहादुर राना, महासचिव डा धनबहादुर रानामगर, पूर्वसचिव एवम् संस्थाका अध्यक्ष शङ्करप्रसाद पाण्डेय, स्थानीय शिक्षासेवी खगराज पाण्डेय, नेपाली काँग्रेसकी नेत्री सरस्वती तिवारीलगायतले मुलुकको राजनीतिक तथा निजामती प्रशासन सेवामा बिर्घाको ठूलो योगदान रहेको बताउनुभयो ।

    सो अवसरमा संस्थाले प्रकाशन गरेको ‘कालीगण्डकी’ नामक स्मारिक पूर्वअध्यक्ष रेग्मीले लोकापर्ण गर्नुभयो । राजेन्द्रप्रसाद पाण्डे सम्पादक रहनुभएको उक्त स्मारिकामा समग्र कालीगण्डकी क्षेत्रको महत्व, परिचयका साथै शिक्षा, लोकतन्त्र, आयुर्वेदिक उपचारलगायत लोकसेवाको तयारीका लागि उपयोगी हुने ज्ञानमञ्चसमेत समेटिएको छ ।

    स्याङ्जाको बिर्घामा जन्मथलो भई राजधानीमा रहेर विभिन्न पेसा व्यवसाय गर्दै आएका समाजसेवी एवम् जुझारु युवाले स्थापना गरेको उक्त संस्थाले बिर्घा क्षेत्रमा शैक्षिक, सामाजिक, स्वास्थ्य क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij