प्रकाशित मिति : आइतवार, साउन १६, २०७३
काठमाडौं,१६ साउन— सरकारले झन्डै पाँच महिनाअघि विभन्न २२ मुलुकका लागि प्रस्ताव गरेका राजदूतको सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुने भएको छ । संसदीय सुनुवाइ विशेष समितिका सभापति कुलबहादुर गुरुङले सरकारद्धारा प्रस्तावित राजदुतका सम्बन्धमा अहिले केहीबेरमा सुनुवाई प्रक्रिया सुरु हुने जानकारी दिनुभयो ।
सरकारले वैशाख ८ गते २१ देशका लागि राजदूत नियुक्तिको सिफारिस गरेको थियो भने त्यसको एक महिनापछि थप एक जनालई राजदूत सिफारिस गरेको थियो । सरकारले चिन, बेल्जियम, जर्मनी, बंगलादेश, जापन, बेलायत, बहराइन, इजरायल, अस्ट्रिया, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, पाकिस्तान, कतार, म्यानमार, साउदी अरेबिया, ब्राजिल, डेनमार्क र रुसका लागि राजदुत सिफारिस गरेको थियो ।
अधिकांश विदेशस्थित नेपाली दूतावासमा लामो समयदेखि राजदुत पद रिक्त छन् । सरकारले एकैसाथ राजनीतिक कोटा तथा परराष्ट्रसेवाबाट राजदुत सिफारिस गरेको थियो । वरियठताका आधारमा परराष्ट्र सेवाका लागि आठ सहसचिव राजदुत सिफारिस भएका थिए ।
राजनीतिक भागबन्डामा १४ जनालाई राजदुत सिफारिस गरिएको छ । एमाले कोटामा ६, एमाओवादी कोटामा ४, राप्रपा नेपालको कोटामा ३, मधेशी जनाधिकार फोरमको कोटामा एक जना सिफारिस भएको छन् ।
प्रमुख दलहरुबीच संसदीय नियमावलीमा देखिएको विवादले सुनुवाइ समिति गठनमा ढिला भइ प्रस्तावित राजदुतहरुको सुनुवाइ हुन नसकेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij