शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

चलचित्र गाँठोले राजधानीमा बाइक र्याली

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • चलचित्र गाँठोले राजधानीमा बाइक र्याली गरेको छ । होस्टेल रिर्टन्र्स स्टार नाजिर हुसेन, अभय बराल, नम्रता श्रेष्ठ लगायको अभिनय रहेको चलचित्र गाँठो यसअघि मौन र होस्टेल रिर्टन्स निर्देशक सुरज भुषालले गरेका हुन् । गा“ठो र टिभिएसको सहकार्यमा गरिएको सम्वन्धको गाँठो नाम दिईएको काठमाण्डौं को नक्साल बाट सुरु भएको बाईक र्याली महाराजगञ्ज, गौशाला, तिनकुने, कोटेश्वर, बालकुमारी, सातदोबाटो, कुमारीपाटी, जावलाखेल, नख्खु, कंलकी, टेकु, दरवारमार्ग हुदै, नक्साल गएर टुगिंएको थियो । कार्यक्रममा बोल्दै चलचित्रका नायक नाजिंर हुसेनले बाइक र्यालीमा भएको सहभागीताले झन उत्साहीत भएको बताउँदै यो चलचित्रमार्फत आफूलाई फरक भूमिकामा पाउने बताए । कार्यक्रममा नम्रता श्रेष्ठ र अभय बरालले समेत मन्तव्य दिएका थिए । बाक्लो रुपमा संचारकर्मी, सिनेकर्मीहरुको उपस्थिीमा करिब ५५ बाईकमा सय जना मानिसले काठमाडौं परिक्रमा गरेका थिए । सम्वन्धको बिषयमा बनेको नेपाली कथानक चलचित्र बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र हो । र्याली पश्चात भएको कार्यक्रमा बोल्दै चलचित्रका निर्देशक सुरज भुषालले कर्पोरेट क्षेत्रको सहयोगले नेपाली चलचित्रलाई प्रचारप्रसारका लागि गर्ने यस्ता सहयोगले नेपाली सिनेमा उद्योगको विकासका लागी ठूलो योगदान पुर्याउने बताए । साथै जगदम्वा मोर्टसका मार्केटिग प्रमुख विक्रम पौडेलले नेपाली सिनेकालागी सानो सहयोग गर्न पाउ“दा हर्षित भएको भन्दै आगामी दिनहरुमा अझ मिलेर अगाडी बढ्न सकीने बताए । कार्यक्रममा जगदम्वा मोर्टसका तर्फबाट विक्रम पौैडेलले सम्बन्धको गा“ठो भन्दै मायाको चिनो समेत हस्तानान्तरण गरेका थिए । भाद्र ३१ गते रिलिज डेट तोकिएको चलचित्रका निर्माता तिलक केसी र नृपेन्द्र जोशी हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij