प्रकाशित मिति : आइतवार, साउन १६, २०७३
आमाको जिवन वचाउन लमही नगरपालिका वडा नं। ११ लमही निवासी २१ बर्षिय छोरा महेश थापा सडकमा आईपुगेका छन् ।
‘आमाको दुवै मृगौलाले काम गर्दैन्, अहीले अस्पतालमा हुनुहुन्छ, तपाईले केही सहयोेग गर्न सक्नुहुन्छ’यस्तै अनुरोध गर्दै अस्पतालले दिएको जानकारी पत्र, लमही नगरपालिकाको सिफारिस देखाउदै आर्थिक संकलनमा जुट्नेका हुन् ।
४५ बर्षकी आमा श्यामकला रोकालाई वचाउन छोरा सडकमा सहयोग माग्दै हिडीरहेका छन् । जन्मदिने आमालाई वचाउन सडकमा पैसा माग्दै हिड्दा महेशलाई कुनै हिनता वोध छैन् ।‘आमाको दुवै मृगौला फेर्न सके भने यही मेरो लागी ठुलो धर्म हुने छ’थापाले भने–‘आमाको मृगौला फेर्न९प्रत्यारोपण० गर्न १५, २० लाख लाग्छ रे, अहीले सम्म जम्मा डेढ लाख जती संकलन गरेको छु ।’ उपचार खर्च जुटाउन धेरै मान्छे संग उनको भेट भयो ।
तर, यही समाजमा पनि कोही दानी मान्छे छन् भने कोही मतलवी । दुई वटै मृगौला फेल भएपछी आमा मानव अङ्ग प्रत्यारोपन केन्द्र भक्तपुरमा दुई महिना देखी उपचारथ छिन् ।‘शुभचिन्तकहरु संग पैसा उठाएको डेढ लाख रुपैयाँ जती जम्मा भएको छ तर, यो रकम थोरै हो’उनले भने–‘आमाको रेख देख गर्न वुवा उहाँ संगै अस्पतालमा हुनुहुन्छ, जेठो दाई नेपाली सेनामा हुनुहुन्छ, दाईले कमाएको पैसा, घरमा भएको पैसा सवै खर्च भैसक्यो ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij