प्रकाशित मिति : आइतवार, साउन १६, २०७३
नेपाली कांग्रेस त्रिपुरले त्रिपुर नगरपालिकालाई संघीयतामा स्थानीय संरचनामा नगरपालिका नै कायम राख्नका लागि समजीकरण गर्ने भएको छ ।नारायणपुर, ढिकपुर र हापुर गाविसलाई मिलाएर निर्माण गरिएको त्रिपुर नगरपालिकालाई नगरपालिका नै बनाउने गरि सहजीकरण गर्ने कांग्रेस त्रिपुरले निर्णय गरेको हो । त्रिपुरमा शनिवार आयोजना गरिएको वृहत छलफलले त्यस्तो निर्णय गरेको हो ।
नगरपालिकाको छिमेकी गाविसहरु डुरुवा, विजौरी र मानपुरसँग सहकार्य गरेर नगरपालिका बनाउने र यी गाविसहरुलाई नगरपालिकामा एकतृत हुन अनुरोध गर्नेपनि बैठकले निर्णय गरेको छ ।
नगर सभापति दिपक पाण्डेको अध्यक्षतामा भएको छलफलले एकीकृत त्रिपुर नगरपालिका निर्माणका लागि ७ सदस्यीय सहजीकरण समिति गठन गरेको छ । जसमा टेकबहादुर डाँगी, कमल वली, कमल गौतम, बासुदेव गौतम, रेवतिप्रसाद बस्नेत, निमबहादुर खड्का र भिमसेन बस्नेत रहेका छन् ।
उक्त बृहत भेलाले एकीकृत नगरपालिका बनाउनका लागि पहलगर्न जिल्लाका राजनितिक दल, स्थानीय संरचनाका लागि खटिएको प्राविधिक टोलिलाईपनि अनुरोध गरेको छ । कार्यक्रममा कमल गौतम, गोविन्द न्यौपाने, टेकबहादुर डाँगी, मेघबहादुर लामीछाने, महेश लामिछाने, विष्णु दाहाल, भिमसेन बस्नेत, रेवतिप्रसाद बस्नेत लगायतले त्रिपुरको आफनै स्वतन्त्र अस्तित्व कायम रहनुपर्नेमा जोड दिएका थिए ।
त्रिपुरलाई मिलाएर घोराही नगरलाई उपमहानगरपालिका वनाउने भन्ने वारे केही दलहरुले सार्वजनिक गरेको धारणा प्रति भेलाले असहमति जनाएको थियो । उनीहरुले त्रिपुरको अस्तित्व जोगाई राख्नु आवश्यक भएकोले त्रिपुर नगर कोही संग गाभिन नहुने धारणा राखेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij