शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

खानी तथा भूगर्भ विभागले काठमाडौं उपत्यकाको थप एक ठाउँमा मिथेन ग्यास पत्ता

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • खानी तथा भूगर्भ विभागले काठमाडौं उपत्यकाको थप एक ठाउँमा मिथेन ग्यास पत्ता लगाउने काम गर्दैछ । विभाग अहिले रहेका १४ ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउने कार्यमा जुटेको हो ।
    विभागका प्रवक्ता कृष्णदेव झाले पहिलेका पुरिएका ठाउँभन्दा फरक ठाउँमा ग्यास पत्ता लगाउन कार्य भइरहेको आइतबार जानकारी गराउनुभयो । यसअघि उपत्यकामा १४ ठाउँमा मिथेन ग्यास पाइएर इनारसमेत खनिइसकेको छ । तर अहिले इमाडोलमा रहेको इनारबाहेक सबै पुरानो भएकाले बन्द रहेको अवस्थामा छन् । इमाडोलस्थित खरिबोट क्षेत्रमा रहेको इनार भने ग्यास भण्डारण गर्नका लागि गतवर्ष पुनः खनिएको थियो ।
    भारतीय नाकाबन्दीका कारण ग्यास अभाव भएपछि सरकारले उपत्यकामा रहेको मिथेन ग्यासलाई प्रयोगमा ल्याउने चर्चा चलेको थियो । विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख पृथ्वीलाल श्रेष्ठले ग्यास पत्ता लगाई यसै आवमा इनार खनिने जानकारी गराउनुभयो ।
    सरकारले सन् १९८२ मा टेकुमा रहेको मिथेन ग्यासलाई प्लान्ट बनाई प्रयोगमा ल्याईएको थियो । एक अध्ययनले उपत्यकामा रहेको ग्यासले २० वर्षसम्म ५० हजार परिवारलाई खाना पकाउन पुग्ने तथ्य सार्वजनिक गरेको थियो । यसैगरी विभागले उपत्यकामा रहेका ग्यास भण्डारण गर्नका लागि मोबाइल ग्यास परीक्षण प्लान्ट बनाउन थालेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij