शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

आफन्तबाटै ठगिए खोटाङका पाँच युवा

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • खोटाङ । “चारैतिर काँढेतारले घेरिएको ठाउँमा बसाएको थियो ।” एक युवाले भने – “बाहिर कतै जान पाइन्नथ्यो, हामीलाई काम लगाउने एक जनालाई २०० रिङ्गेट दिएर भाग्न सफल भएँ ।”

    सत्र महिनासम्म मलेसिया बसेर नेपाल फर्किएका खोटाङ खार्मी–८ का दीपक तामाङले दिक्तेलस्थित भवन गैरामा रहेको सुरक्षित आप्रवासन सूचना केन्द्रमा आएर यस्तो दुःखेसो पोख्नुभयो ।

    दीपकको आफन्त मनकाजी तामाङले १७ महिनाअघि पाँच जना आफन्तलाई मलेसिया पठाएका थिए । मनकाजीले प्रतिव्यक्ति रु एक लाख ५० हजार धरौटी रकम लिएर मलेसियाको ‘ला ग्लोव’ कम्पनीमा काम लगाउँछु भनेर आफूहरुलाई पठाएको दीपकको भनाइ छ ।

    “हामीलाई पठाउने बेला राम्रा–राम्रा कम्पनी, गाडी र बस्ने क्वाटरसमेत देखाइएको थियो । तर मलेसियामा लगेर जङ्गलभित्र बाख्रालाई घाँस काट्न तथा सोही ठाउँमा पालिएका कुखुरालाई चारो हाल्न लगाइयो ।”

    एजेन्टको काम गर्दै आएका मनकाजीले काठमाडौँस्थित लिङ्कस्टार मेनपावर कम्पनीमार्फत मलेसिया पठाएको दीपकले बताउनुभयो ।

    गाडीको बाटोदेखि करिब तीन घन्टा टाढा पर्ने जङ्गलमा उनीहरुसहित ९० जना नेपाली रहेको दीपकले जानकारी दिनुभयो । “दैनिक १८ घन्टा काम गर्नुपथ्र्यो ।” उहाँले भन्नुभयो – “हामीले त दुःख भोग्यौँ नै विदेश जान चाहने अन्य नेपालीलाई सचेत रहन सुझाव दिन्छु ।” मनकाजीले मासिक २२ सय रिङ्गेट हुन्छ भनेर आफूहरुलाई मलेसिया पठाएको दीपकको भनाइ छ ।

    जङ्गलबाट भागेपछि ‘चार हजार ५०० रिङ्गेट’ नेपालको दुई लाख १६ हजार तिरेर नेपाल आएको दीपकले बताउनुभयो । “घर आउने खर्च नभएपछि २५ महिनासम्म बन्धक भएर बसेका नेपालीहरु छन् ।”

    उनीहरु ठगिएको बारे केन्द्रमा निवेदन आएको र कारबाही थालिएको सूचना केन्द्रका परामर्शदाता सहरमान राईले जानकारी दिनुभयो । “उनीहरुलाई छक्याइएको रहेछ । सम्बन्धित निकायमा केन्द्रले पहल गरिरहेको छ ।” काठमाडौँमा बसेर एजेन्टको काम गर्दै आएका मनकाजी भने सम्पर्कविहीन छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij