आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दुई बस जुध्दा ९ जनाको मृत्यु, ३२ घाइते

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • मकवानपुर–मकवानपुरको मनहरीमा–३ स्थित रमनटारमा आइतबार बिहान १२:४० बजे बस एक आपसमा जुध्दा ९ जना यात्रुको मृत्यु भएको छ । यसैगरी ३२ जना यात्रु घाइते भएका छन् ।

    काठमाडौँबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ५०५५ नंको अग्नि यातायात सेवाको बस र उदयपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ४०६४ नंको रात्रिबस हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा राति एकापसमा ठोक्किएको हो ।

    मृत्यु हुनेहरुमध्ये चार जनाको पहिचान खुलेको छ । जसमा चारै जना उदयपुरका रहेका छन् । लक्ष्मी प्रसाद अधिकारी, मणिरत्न चौधरी, सन्तोष चौधरी र विनोद चौधरीको पहिचान भएको हो भने बाँकी ५ जनाको पहिचान हुन सकेको छैन ।

    मृतकहरु कुन बसका हुन् भन्ने पनि यकिन हुन सकेको छैन ।

    मृतकको शव हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ । दुवै बसका यात्रु ३२ जना घाइतेलाई हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याई उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी जवाल सुरेश थापाले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij