प्रकाशित मिति : आइतवार, साउन १६, २०७३
काठमाडौं । बिरामी बोक्ने एम्बुलेन्स चालकले मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्छन् भन्दा अचम्म नमान्ने कुरै आउँदैन ।
तर अचम्म मान्नु पर्दैन । मापसे गरी एम्बुलेन्स चलाएका १० एम्बुलेन्स चालकलाई सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाइएको छ।
मुद्दा चलाइएका सबै एम्बुलेन्स चालक उपत्यकाबहिरका हुन्। उनीहरुले बिरामी लिएर राजधानीका अस्पतालमा ल्याएपछि छाडेर र्फकने क्रममा मापसे गरेका हुन्। एम्बुलेन्सलाई संवेदनशील सवारीसाधनका रुपमा परिभाषित गरिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार गत वर्ष र यो वर्ष २० एम्बुलेन्स चालकलाई सार्वजनिक मुद्दा चलाइएको छ।
विरामी बचाउन हिँडेको व्यक्ति आफै मापसे कारबाहीमा परेपछि ट्राफिकले अहिले एम्बुलेन्सलाई पनि चेक गर्न थालेको महाशाखा प्रमुख डीआईजी प्रकाश अर्यालले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij