शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

आठौँ पटकको घोषणालाई महाधिवेशनमा बदल्न नेविसङ्घका नेताको माग

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • काठमाडौँ । सात पटक मिति घोषणा गरेर स्थगित नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन तोकिएको मितिमै सम्पन्न गराउन अध्यक्षका उम्मेदवारहरुले माग गर्नुभएको छ ।

    यहाँ आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सात जना अध्यक्षका उम्मेदवारले यही साउन २३ देखि २५ मै महाधिवेशन गरिनुपर्नेमा जोड दिनुभयो । विसं २०६४ असोजमा नेपाली काँग्रेस एक भएदेखि भ्रातृ संंस्था नेविसङ्घको महाधिवेशन हुन सकेको छैन ।

    दश वर्षदेखि महाधिवेशन नहुँदा करिब २५ जनाले नेतृत्वको दाबी गरेका छन् । अध्यक्ष दाबी गर्ने धेरै नेता ३५ वर्ष उमेर पार गरेका छन्। लामो समय महाधिवेशन नहुँदा धेरैको दाबी नेतृत्वमा भएको अध्यक्ष पदका उम्मेदवारहरुको भनाइ छ ।

    अध्यक्ष पदका दावेदार नैनसिंह महरले कक्षा ९ देखि १२ सम्म माध्यमिक तह भएपछि माविबाट विद्यार्थी राजनीतिलाई अलग राख्ने प्रस्ताव आफूले महाधिवेशनमा राख्ने बताउनुभयो । “

    माध्यमिक तहमा विद्यार्थी राजनीति गरिँदा शैक्षिक क्षेत्रमा विकृति फैलिएको छ, यसैले यो तहबाट विद्यार्थी राजनीति अन्त्य गरौँ भन्ने प्रस्ताव अन्य विद्यार्थी सङ्गठनसँग नेविसङ्घले राख्नुपर्छ, सबै विद्यार्थी सङ्गठन मिलेर नैतिकतामा आधारित मानवतावादी शिक्षाको मुद्दा उठाउनुपर्छ”–उहाँले भन्नुभयो ।

    अध्यक्ष पदका अर्का उम्मेदवार नीलकण्ठ रिजालले हालसम्म नेविसङ्घका १७ अध्यक्षमध्ये ११ जना ‘टीकेशैली’बाट आएको जनाउँदै लोकतान्त्रिक सङ्गठनको महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने माग गर्नुभयो । “नेविसङ्घका सबै तहमा दुई वर्षमा अधिवेशन नभए त्यो समिति स्वतः खारेज हुने व्यवस्था वैधानिक रुपमा गरिनुपर्छ”–उहाँले भन्नुभयो ।

    नेता क्षितिज भण्डारीले महाधिवेशन आउन एक हप्ता मात्र बाँकी हुँदा पनि देशभरबाट आउने विद्यार्थीका लागि केन्द्रीय समितिले अहिलेसम्म खाने बस्ने व्यवस्था नगरेर महाधिवेशन नहुने सन्देश दिएको आरोप लगाउनुभयो ।

    अध्यक्षको दाबी गर्दै आउनुभएका सरोज थापाले ११ जिल्लाका समानान्तर जिल्ला समितिलाई मिलाएर महाधिवेशनमा जानुपर्ने बताउनुभयो । कार्यक्रममा दीपक भट्टराई, आनन्द त्रिपाठी र रामप्रसाद अधिकारीले यस पटक महाधिवेशन सफल बनाएर सकारात्मक सन्देश प्रवाह गरिनुपर्ने बताउनुभयो ।

    यसैबीच केही दिनदेखि विधिवत् महाधिवेशनको माग गर्दै आएको कुन्दनराज काफ्ले समूहले आजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनशन सुरु गरेको छ ।

    अधिवेशन भएका भनी घोषणा गरिएका ६४ जिल्लामध्ये १३ मा विधिवत् अधिवेशन नगरिएको, ११ जिल्ला र काठमाडौँ उपत्यकाका क्याम्पसमा अधिवेशन नै नगरी महाधिवेशन गर्न लागिएकाले विधि पु¥याएर महाधिवेशनको माग गर्दै बाग्लुङका गणेश सापकोटा र रामेछापका रत्नहरि ढुङ्गेल आमरण अनशनमा बस्नुभएको नेता बलदेव तिमल्सिनाले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij