शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

सेनाको हेलिकप्टरबाट राहत पुर्याइयो

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • बागलुङ । जिल्लाको पश्चिम भेगका बाढी पहिरो प्रभावितका लागि नेपाली सेनाको हेलिकप्टरबाट राहत सामग्री पठाइएको छ ।

    अधिकारीचौर र बोङ्गादोभान गाविसमा शनिबार दुई चरणमा गरि हेलिकप्टरले राहत सेनाको हेलिकप्टरबाट राहत पुर्याएको हो ।

    बिहीबार स्थलमार्गबाट गएको राहत, टोली सडक अवरुद्ध हुँदा बीचैमा रोकिएपछि हेलिकप्टरमार्फत राहत पठाइएको हो ।

    एकीकृत सेवा केन्द्र बुर्तिवाङको निगरानीमा राहत सामग्री वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

    उहाँका अनुसार अधिकारीचौरको छालहाल्नेका बाढी प्रभावितका लागि ३० बोरा चामल, ८० किलो चिउरा, सय किलो दाल, ५० किलो नुन, ५० प्याकेट खाने तेल, ५० थान पाल, भाँडाकुँडा, लत्ताकपडा वितरण गरिएको छ ।

    यस्तै, बोङ्गादोभानको बुङ्खानीमा ३० बोरा चामल, ८० किलो चिउरा, सय किलो दाल, ५० किलो नुन, ५० प्याकेट खाने तेल, ३० थान पाल, ५० थान कम्मल, लत्ताकपडा र भाँडाकुँडा वितरण गरिएको छ ।

    यसअघि गत बुधबार पनि त्यस क्षेत्रका बाढी प्रभावितका लागि हेलिकप्टरमार्फत प्रारम्भिक राहत सामग्री पठाइएको थियो । स्थलमार्गबाट गएको नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली र राहत सामग्री सडक अवरुद्ध भएपछि शुक्रबारदेखि भिमगिठेमा रोकिएको छ ।

    बाढीले क्षति पुर्याएको अधिकारीचौर, बोङ्गादोभान, बुर्तिवाङ, भिमगिठे, ग्वालीचौरलगायतका गाविसमा राहत वितरण गर्न टोली त्यसतर्फ गएको हो । तत्काल गर्नुपर्ने उद्धार र राहत सामग्री पुर्याउनै कठिन भएपछि बाढी प्रभावित थप समस्यामा परेका छन् ।

    सडक र सञ्चारसमेत अवरुद्ध हुँदा प्रभावित क्षेत्रको वास्तविक अवस्था र सम्पूर्ण क्षतिको विवरण आउन सकेको छैन । राहत टोलीले ४० बोरा चामल, ११५ थान पाल, चिउरा ११ बोरा, औषधि सात कार्टुन, चाउचाउ १२ कार्टुन, पुरानो कपडालगायतका सामग्री वितरणका लागि लिएर गएको छ ।

    बुर्तिवाङ, गलकोट क्षेत्रमा पनि बाढी पहिरो प्रभावितका लागि राहत सङ्कलन गर्ने कार्य चलिरहेको छ । गत सोमबार र मङ्गलबारको अविरल वर्षापछि भुजी, तमान, निशी र बढीगाढ खोलामा आएको बाढीले सय बढी घर बगाएको छ ।

    १५० बढी घर बाढीको उच्च जोखिममा परेका छन् । करोडौँको जमिन, कृषि बाली, भौतिक संरचना, पुल, विकास आयोजनामा बाढीले क्षति पुर्याएको अनुमान गरिएको छ । पहिरोमा परी जिल्लामा छ जनाको ज्यान गएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij