शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

ग्रामीण सडक अवरुद्ध

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • डडेल्धुरा । लगातार वर्षाका कारण जिल्लाका अधिकांश ग्रामीण सडक अवरुद्ध भएका छन् ।

    वर्षाबाट सडक बिग्रिएपछि जिल्लामा रहेका ३७ ग्रामीण सडकमध्ये ३२ अवरुद्ध तथा बाँकी सडकमा जोखिमपूर्ण यातायात सञ्चालन भइरहेका छन् ।

    बगरकोट, रुपाल, डुङ्ग्री, देवलदिव्यपुर, ढिमौला, भद्रपुर, ढिमौला–चिपुर, रडुवा, कोटेली, विप्याकटाल, बेलापुर, अनारखोली, रडुवा, बडम लगायत ग्रामीण सडक अवरुद्ध भएका छन् ।

    सडकमा ठूला ठूला खाल्टा र पहिरा परेका कारण अधिकांश सडक अवरुद्ध भई जोखिमपूर्ण रुपमा यातायात सञ्चालन भइरहेको चालकको भनाइ छ ।

    यातायातका सवारी साधन सञ्चालनमा आउन नसक्दा मानिसहरु सदरमुकाम लगायत अन्य क्षेत्रमा पैदल हिँड्न बाध्य छन् ।

    ग्रामीण सडक अवरुद्ध हुँदा गाउँमा उत्पादित तरकारी बजारसम्म र दैनिक उपभोग्य सामग्री गाउँमा ल्याउनमा समेत समस्या भएको ग्रामीण बस्तीका सर्वसाधारणको भनाइ छ ।

    ग्रामीण क्षेत्रमा सहज रुपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति हुन नसक्दा दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि हुन थालेको अजयमेरु– १ स्थानीय बिस्ना खातीको भनाइ छ ।

    ग्रामीण सडक अवरुद्ध हुँदा स्वास्थ्योपचारदेखि अन्य अत्यावश्क सेवाका लागि समस्या भइरहेको स्थानीयवासीले बताएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij