शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

सुनको भाउ फेरि ५९ हजार, एक वर्षमा ११ हजार बढ्यो

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • काठमाडौ । नेपाली बजारमा सुनको भाउ आइतवार प्रतितोला ५९ हजार रुपैयाँ पुगेको छ । नयाँ आर्थिक बर्ष सुरु भएपछिको यो सवैभन्दा उच्च भाउ हो । साउन एक गते छापावाल सुन प्रतितोला ५८ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।

    यस्तै, अघिल्लो आर्थिक बर्षको सोही दिनको तुलनामा यो भाउ प्रतितोला ११ हजार रुपैयाँ बढी हो ।

    अघिल्लो आवको साउन १६ गते नेपाली बजारमा सुनको भाउ प्रतिातोला ४८ हजार रुपैयाँ थियो ।

    गतसाताको अन्तिम दिन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोवार भएको सुन आइतवार तोलामा एक सय रुपैयाँ बढेको हो ।

    आज तेजावी सुन प्रतितोला ५८ हजार ७ सय ५० रुपैयाँमा कारोवार भईरहेको छ । यस्तै, चाँदीको भाउ पनि महंगिएर प्रति तोला ९ सय १५ रुपैयाँ पुगेको छ । गतसाता चाँदी प्रतितोला ९ सय १० रुपैयाँ थियो ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजार मुल्यकै कारण यसरी सुन महंगिएको हो ।
    तीज नजिकिंदै जाँदा सुन महंगिदै गएपछि उपभोक्ता भने प्रत्यक्ष मारमा परेका छन् । तीजका लागि मात्र नेपाली बजारमा दैनिक २५ किलो भन्दावढी सुन खपत हुने गरेको थियो ।

    ‘यो सिजन भनेको सुन खरिदका लागि ग्राहकको भीड लाग्ने समय हो’, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणीरत्न शाक्यले भने, ‘भाउ महंगिएकाले किन्ने भन्दा बेच्ने ग्राहकको संख्या बढी छ ।’

    सुन खरिदका लागि अहिले पसलमा ग्राहक आउनेक्रम ह्वात्तै घटेपछि व्यवसायी समेत अफ्ट्यारोमा परेको उनले बताए । देशभर २२ हजार सुनचाँदी पसल संचालनमा छन् । ती पसलवाट अहिले दैनिक सरदर १० किलो सुन खरिदविक्रि भईरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij