शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सिसहनियाँमा ५ लाख बढी राजश्व संकलन उद्योग वाणिज्य संघले मात्रै १ लाख बढीको आम्दानी ग¥यो

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • शिव राज खनाल

    सिसहनियाँ १६ साउन

    आन्तरिक राजश्व कार्यालय तुलसीपुरको कर टोलीले सिसहनियाँ उद्योग वाणिज्य संघले ५ लाख ५० हजार बराबरको राजश्व संकलन गरेको छ ।

    जसमा २ सय ३१ जनाको नविकरण, ३८ जनाको नयाँ दर्ता र मदिरा अन्तर शुल्कमा ३१ जनाको नवीकरण, ८ जनाको नयाँ दर्ता गरि कुल ३ सय ८ जना उद्योगी व्यापारीबाट गरि कुल ५ लाख ५० हजार राजश्व संकलन गरेको कर अधिकृत बासुदेव नेपालले जानकारी दिनु भएको छ ।

    त्यसै गरि सिसहनियाँ उद्योग वाणिज्य संघले पनि संघमा आवद्घ २ सय ३६ जना उद्योगी व्यापारीको फर्म नवीकरण , ४५ जना उद्योगी व्यापारीको नयाँ फर्म दर्ता र १४ जना बाहिरी व्यापारीहरुको नयाँ फर्म दर्ता गरि कुल २ सय ९५ जना उद्योगी व्यापारीबाट कुल १ लाख ८३ हजार ७ सय रुपैयाँ आम्दानी गरेको टोलीमा सहभागी संघका कार्य समिति सदस्य राजकिरण खत्रीले जानकारी दिनु भएको छ ।

    टोलीमा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत बासुदेव नेपाल, नायव सुब्बा राजीव पोख्रेल, लेखापाल शम्भु आचार्य,  सहायक कर अपरेटर सुमन चौधरी, सवारी चालक ढकबहादुर बस्नेत, सिसहनियाँ उद्योग वाणिज्य संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकी, उपाध्यक्ष सत्य नारायण चौधरी, सचिव ठाकुर प्रसाद सुवेदी, सहसचिव कुमार अधिकारी र सदस्यहरु राजकिरण खत्री, खेमराज अर्याल, भिमा आचार्य सल्लाहाकार शान्तराज भण्डारी, मदन पोख्रेल, व्यापारी बुद्घि पौडेलले सेवा दिनु भएको थियो यसैगरी टोलीले भालुवाङ बाट ९ लाख राजस्व संकलन गरेको छ ३ सय ५८ जना उद्योगी व्यापारी बाट उक्त राजस्व संकलन भएको राजस्व कार्यलय ले जानकारी दिएको
    छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij