शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सडक भत्कँदै गएपछि जोखिमपूर्ण यात्रा

  • प्रकाशित मिति : आइतवार, साउन १६, २०७३



  • पोखरा । बढ्दो वर्षाद्सँगै कास्की जिल्लाका अधिकांश ग्रामीण सडक भत्कँदै गएपछि सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

    जिल्लाका अधिकांश ठाउँमा स्थानीय बाटो विस्तार भए पनि तिनको उचित संरक्षण हुन नसक्दा जोखिमपूर्ण यात्रा गर्नु यतिखेर सर्वसाधारणको दैनिकी बनेको छ । कास्की दक्षिण भेगस्थित भरतपोखरीको लामगादी, बाँदरकोट हुँदै आँपुभन्ज्याङबाट मनियल डाँडा जाने बाटो ठाउँ ठाउँमा बिग्रँदै गएपछि यस क्षेत्रमा आवतजावतमा निकै कठिनाइ भएको छ ।

    यसबारे सम्बन्धित निकायमा जानकारी गराइए पनि त्यसको मर्मत सम्बन्धमा कुनै सुनुवाइ हुन नसकेको स्थानीयवासी बताउँछन् । अघिल्लो साता अविरल रुपमा आएको पानीका कारण उक्त मार्गमा पर्ने सेती नदीमाथिको लामगादीको पक्की पुल भत्केपछि यात्रुहरू गगनगौँडा पावर हाउसबाट घुमाउरो बाटो पटनेरी, पुल्चोक, कालिकास्थान हुँदै यात्रा गर्न बाध्य छन् ।

    कास्कीकै छोरेपाटनबाट कृष्ति नाच्ने चौरको बयेली हुँँदै शिवालय जाने बाटो पनि धेरै ठाउँमा बिग्रेको स्थानीयवासी लक्ष्मण पौडेलले बताउनुभयो । वर्षात्का कारण जिल्लाका धेरै ठाउँमा स्थानीय बाटो बिग्रेको गुनासो आउने गरे पनि स्थानीय बाटो मर्मतका लागि बजेट आउने नगरेको डिभिजन सडक कार्यालय पोखराका प्रमुख नरेन्द्र सुवेदीले बताउनुभयो ।

    अधिकांश ग्रामीण सडक स्थानीय निकायबाट पनि निर्माण गरिएको र तिनीहरूलाई छुट्याइने मर्मत खर्च अत्यन्त न्यून हुने भएका कारण समस्या आउने गरेको उहाँको भनाइ छ । जथाभाबी गरिने सडक विस्तार रोक्दै अत्यावश्यकीय सडकलाई व्यवस्थित गर्दै जानुपर्ने उहाँले बताउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij