शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

संसदमा माधव नेपालको ‘मध्यमार्गी’ सम्बोधन

  • प्रकाशित मिति : शनिबार, साउन ८, २०७३



  • काठमाडौं, साउन ८ – पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपाललाई मध्यस्थकर्ता गर्न सक्ने नेताको रुपमा चिनिन्छ । शनिबार व्यवस्थापिका संसदमा बोल्ने क्रममा पनि उहाँले आफ्नो यही भूमिका देखाउने प्रयास गर्नुभयो ।

    शुक्रबारको बैठकमा एमालेका सुवासचन्द्र नेम्वाङ र शनिबारको बैठकमा कांग्रेसका रमेश लेखकले सुरुमा बोलेको प्रसँग निकाल्दै नेपालले भन्नुभयो, ‘शुक्रबारको छलफल पूर्वबाट सुरु भयो, शनिबार सुदूरपश्चिमबाट, म त मध्यक्षेत्रबाट प्रतिनिधि गर्ने सांसद हुँ, त्यसैले कसरी बोलौं भन्ने लागिरहेको छ ।’

    राष्ट्रिय सहमतिको सरकार गठनको लागि आफूले पनि पहल गरेको भन्दै उहाँले अहिले नै अविश्वास प्रस्ताव दर्ता गर्ने बेला नभएको बताउनुभयो । ‘सहमतीय सरकार बन्न सक्थ्यो, बन्ने अवस्था थियो नै, तर माओवादी र कांग्रेसबाट हतार गर्ने काम भयो’ नेपालले भन्नुभयो ।

    उहाँले सरकारले पनि आलोचना गर्नुभयो । प्रधानमन्त्री केपी ओलीलाई लक्षित गर्दै उहाँले सरकार संस्थागत रुपमा नभई गुटगत ढंगले चलेको टिप्पणी गर्नुभयो । सरकारलाई लक्षित गर्दै उहाँले कटाक्ष गर्दा कांग्रेस र माओवादीका सांसदहरु उत्साहित देखिन्थे ।

    एउटा सरकारको प्रशंसा गर्दा अर्को सरकारले गरेको राम्रो कामलाई बिर्सन नहुनेमा जोड दिँदै नेता नेपालले आफ्नो पालामा पनि राम्रो काम भएको दावी गर्नुभयो । अहिलेको सरकारले पनि राम्रो काम गरेको भन्दै उहाँले राम्रो कामलाई राम्रो बन्न सक्नुपर्नेमा जोड दिनुभयो ।

    सम्बोधनको क्रममा नेता नेपालले एकले अर्कोलाई आरोप प्रत्यारोपबाट भन्दा आपसमा सहमति गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij