आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विभिन्न जिल्लामा पहिरोले १२ जनाको मृत्यु

  • प्रकाशित मिति : मङ्लबार, साउन ११, २०७३



  • काठमाडौं,११ साउन— गुल्मीका दुईवटा गाविसमा गएराति गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ । गुल्मीको हस्पीचौर गाविसको माल्वीमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको हो ।

    मृतकहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । यता, गुल्मीकै विशुखर्क–९ मा पहिरोले एक घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा गोपाल रानाका ९ वर्षिय छोरा सुजन राना र ७ वर्षिया छोरी सिमाना छन् ।  यसैबीच, अबिरल बर्षासँगै बडीघाट खोलामा आएको बाढीले गुल्मीको क्षेत्र नम्बर १ का विभिन्न बस्तीमा कटान शुरु गरेपछि खोला आसपासका बासिन्दा बिस्तापित भएका छन् । बाढी र पहिरोले गुल्मीमा भएको क्षतिको पूर्ण विवरण भने आउन सकेको छैन ।
    त्यसैगरी, गुल्मीकै बढीगाढमा आएको वाढीका कारण मुसिकोट गाविस र वामी गाविस वीच जोड्ने झोलुङ्गे पुल बगाएको छ । मुसिकोट गाविस  वडा नं. ६ ताल्तुङ र वामी गाविस  वडा नं. १ को सुदीमा रहेको झोलुङ्गे पुल बर्षा सगै बडिगाड खोलामा आएको बाढीले आज विहान झोलुङ्गे पुल बगाएको स्थानीय जनक बहादुर खत्रीले जानकारी दिनुभयो ।
    उक्त झोलुङ्गे पुल हुदै गुल्मी तथा बाग्लुङका गरि झण्डै एक जर्दन भन्दा बढि गाविसको आवत जावतमा  प्रत्यक्ष समस्या पु¥याएको छ । झोलुङ्गे  पुल टुटेसगै मुसिकोटबासी र वामीटक्सार बजारमा पढ्ने विद्यार्थी, सर्वसाधरण, खेतीकिसानी व्यापार व्यवसाय गर्नेहरु लगायतको दैनिकीमा पुल टुटेसगै आवत जावतमा थप कष्टकर बनेको छ ।
    त्यस्तै— मकवानपुरको भीमफेदी–५ सोलुभन्ज्याङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । आज बिहान करिब ४ बजेतिर माथिबाट खसेको पहिरोले घर पुरिएको हो । भीमफेदी–५ सोलुभन्ज्याङकी मनमाया स्याङतान घर पहिरोले पुरिँदा उहाँका छोरी–ज्वाइँ र नातीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
    मृत्यु हुनेमा मनमायाका ज्वाइँ २५ वर्षीय टेकवहादुर रुम्वा, २३ वर्षीय छोरी पार्वती रुम्वा र ५ वर्षीय नाती विकास रुम्बा रहेको प्रहरीले जनाएको छ । छोरी ज्वाइँ र नातीलाई घरमा सुताएर आफू अर्को घरमा सुतेकाले मनमाया भने बाँच्न सफल भएकी  भएको बताइएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक बासुदेव थापाको नेतृत्वमा गएको प्रहरी टोलीले पहिरो पन्छाएर मृतकको शव बाहिर निकालेको  छ ।
    उता— पाल्पाको झुम्सामा आज बिहान आएको पहिरोले घर पुरिँदा परी एक बालिकाको  मृत्यु भएको छ । दोभान–५ पानी मिलनिरको झुम्सामा माथिबाट खसेको पहिरोले पुरिएर तिलोत्तमा उच्च माविको कक्षा ९ मा पढ्ने अस्मिता बिकको मृत्यु भएको हो ।
    पहिरोले ७ घर पुरिएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जनाएको छ घरभित्रै पुरिएको अवस्थामा अस्मिताको शव निकालेको दोभान प्रहरी चौकीले जनाएको छ । बिहान पौने ५ बजे नै पहिरो खसेपछि त्यहाँ भागदौड मच्चिएको थियो । पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पाको बाटो पनि अवरुद्ध भएको छ ।
    यसैबिच पाल्पाकै गोठादीमा गएको पहिरोमा पुरीएर ३ जनाको मृत्यु भएको बताइएको छ । अहिले प्रहरी घटना स्थलमातर्फ जादैँ गरेको र आधिकारीक रुपमा जानकारी आउन बाँकी रहेको छ । यस्तै— हिजो बेलुकादेखि परेको अबिरल वर्षाका कारण कास्कीको घट्टेखोला र फेदीमा पहिरो खस्दा पोखरा–बागलुङ सडकखण्ड अवरुद्ध भएको छ । आज  बिहान साढे ४ बजे सडकमाथिको भिरबाट लेदो माटो खसेर बाटो अवरुद्ध भएको हो । बाटो अवरुद्ध हुँदा सवारी साधन र यात्रुहरु बिच बाटोमै रोकिएका छन् ।

    अहिले डोजर लगाएर पहिरो हटाउने प्रयास भइरहेको छ । पहिरो हटाउन प्रहरी निरीक्षक मोहनबहादुर खाँणको नेतृत्वमा २० जनाको प्रहरी टोली खटिएको छ । यता— पहिरो जाँदा पासाङल्हामु राजमार्ग पनि अवरूद्ध भएको छ । खोपाङको भिरमा पहिरो खसेपछि राजमार्ग अवरूद्ध भएको हो । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीका अनुसार बाटो खुलाउने प्रयास भइरहेको छ । सडक खुल्न केही समय लाग्ने उहाँले बताउनुभयो । वर्षा सुरू भएसँगै दैनिक जसो सडक अवरूद्ध हुने गरेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij