शुक्रबार, भदौ ६, २०७६ | Friday 23rd August 2019

बाढीले कास्कीको भदौरेमा रहेका पुलको पिल्लर बगायो

  • प्रकाशित मिति : शुक्रबार, साउन ७, २०७३



  • कास्की, साउन ७ – कास्कीको भदौरेतामागी–५ ठुलाखेतोको खहरे खोलामा रहेको पुलको पिल्लर बाढीले बगाएको छ ।

    शुक्रबार बिहानदेखि परेको वर्षाका कारण खोलमा पानीको सतह बढ्दा पुलको बिचमा रहेको एउटा पिल्लर बगाएको हो । अर्को पिल्लर पनि बग्ने अवस्थामा रहेको पुल निर्माण समितिका अध्यक्ष विष्णु दाहालले बताउनुभयो ।

    ढलान गरी बनाएको पिल्लर खोलाले भाँचेर आधा बगाएको छ भने जाली लगाएर बनाएको पिल्लर पनि ढल्केपछि पुल जोखिममा परेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : SobizTrend Technology