प्रकाशित मिति : शुक्रबार, साउन २८, २०७३
जेपी थुलुङ, सोलुखुम्बु ।
मापसे गरी सवारी चलाउने एक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरीले गरेको छट्के चेकजााचका क्रममा सिटिभिलेज यातायातको ना १ ज ४६९७ नंको जिप चालक गुनराज सिदालीलाई आज दिउसो पक्राउ गरेको हो ।
सल्लेरीबाट फाप्लु जानेक्रममा ट्राफिक नियम उलंघन मापसे गरी सवारी चलाईरहेका वेला फाप्लुको भीरकुनामाबाट उनलाई पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी सोलुखुम्बुका ईन्चार्ज भेष बहादुर थापाले जानकारी दिनुभयो । चालकलाई आवश्यक कार्बाहि साथै जरिवाना गराई केहिदिन पछि मात्र छोडिने ईन्चार्ज थापाले बताउनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij