प्रकाशित मिति : शुक्रबार, साउन २८, २०७३
सप्तरी, २८ साउन ।वरिष्ठ चिकित्सक डा. भोला रिजाल सहितको विशेषज्ञ चिकित्सकीय टोलीले शुक्रबारबाट सप्तरीको तिलाठीका बाढी पीडित जनताको स्वास्थ्य उपचार सुरु गरेको छ ।
तिलाठीका स्थानीयले विशेषज्ञ चिकित्सकिय टोलीको आवश्यक परेको बताएपछि जिल्ला प्रशासन कार्यलयको समन्वयमा डा. रिजालसहितका १५जनाको विशेषज्ञ चिकित्सकहरुको टोली बिहीबार तिलाठी पुगेको थियो ।

शनिवारसम्म चल्ने सो हेल्थ क्याम्पबाट करिब एक हजार पाँच सय स्थानीयले चिकित्सा सेवा लिने अनुमान गरिएको छ । यसैबीच, भारतको कुनौलीबाट मानिसहरु आएर उपचार सेवा लिएका छन् ।
उक्त हेल्थ क्याम्पमा जनरल मेडिसिन, नाक, कान, घाँटी, हाडजोर्नी, प्रशुति तथा स्त्रीरोग, दन्त चिकित्सक, छालालगायतका रोगको परीक्षण सहित उपचार गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij