आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

आर्थिक वर्ष २०७२/०७३ मा स्याङ्जामा २६२ वटा नयाँ उद्योग दर्ता भएका छन्

  • प्रकाशित मिति : शनिबार, साउन २९, २०७३



  • घरेलु तथा साना उद्योग विकास समिति स्याङ्जामा सेवामूलक उद्योग ९८, कृषि तथा वनजन्य उद्योग ९५, उत्पादनमूलक उद्योग ५५, निर्माणमूलक उद्योग १३, पर्यटनमूलक उद्योग एक गरी कुल २६२ वटा नयाँ उद्योग दर्ता भएका कार्यालयले जनाएको छ ।

    कार्यालयबाट सोही अवधिमा नयाँ वाणिज्य व्यवसाय २६९ वटा दर्ता भएका घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत शिवशङ्कर बानियाँले बताए ।
    logo
    जिल्लामा उद्योग दर्ता भएको विवरणअनुसार कुल सङ्ख्यामा ४१ जना महिलाको स्वामित्व रहने गरी उद्योग दर्ता भएको छ भने पुरुष उद्यमीको सङ्ख्या २५१ छ । दर्ता भएका विभिन्न २६२ उद्योगमा उद्यमीबाट कुल पुँजी रु २४ करोड ५५ लाख ५६ हजार २२ लगानी हुनेछ ।

    दर्ता भएका उद्योगबाट २९५ जना महिलाले र ५८७ जना पुरुषले रोजगारी पाउने छन् । आव २०७२/०७३ को अवधिमा उद्योग प्रशासन सेवा र वाणिज्य प्रशासन सेवाबाट कुल राजस्व रु ४१ लाख ६६ हजार ८२५ सङ्कलन भएको कार्यालय प्रमुख बानियाँले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij