शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

आर्थिक वर्ष २०७२/०७३ मा स्याङ्जामा २६२ वटा नयाँ उद्योग दर्ता भएका छन्

  • प्रकाशित मिति : शनिबार, साउन २९, २०७३



  • घरेलु तथा साना उद्योग विकास समिति स्याङ्जामा सेवामूलक उद्योग ९८, कृषि तथा वनजन्य उद्योग ९५, उत्पादनमूलक उद्योग ५५, निर्माणमूलक उद्योग १३, पर्यटनमूलक उद्योग एक गरी कुल २६२ वटा नयाँ उद्योग दर्ता भएका कार्यालयले जनाएको छ ।

    कार्यालयबाट सोही अवधिमा नयाँ वाणिज्य व्यवसाय २६९ वटा दर्ता भएका घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख उद्योग अधिकृत शिवशङ्कर बानियाँले बताए ।
    logo
    जिल्लामा उद्योग दर्ता भएको विवरणअनुसार कुल सङ्ख्यामा ४१ जना महिलाको स्वामित्व रहने गरी उद्योग दर्ता भएको छ भने पुरुष उद्यमीको सङ्ख्या २५१ छ । दर्ता भएका विभिन्न २६२ उद्योगमा उद्यमीबाट कुल पुँजी रु २४ करोड ५५ लाख ५६ हजार २२ लगानी हुनेछ ।

    दर्ता भएका उद्योगबाट २९५ जना महिलाले र ५८७ जना पुरुषले रोजगारी पाउने छन् । आव २०७२/०७३ को अवधिमा उद्योग प्रशासन सेवा र वाणिज्य प्रशासन सेवाबाट कुल राजस्व रु ४१ लाख ६६ हजार ८२५ सङ्कलन भएको कार्यालय प्रमुख बानियाँले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij