प्रकाशित मिति : शनिबार, साउन २९, २०७३
जेपी थुलुङ, सोलुखुम्बु । सोलुखुम्बुका बालबालीकाहरु आफ्नो रहरका लागि आत्मनिर्भर हुने उपाय अप्नाउन थालेका छन् । बुबा आमाले पढाई खर्चका लागि भए जतिपनि खर्च दिने तर रहरका लागि खर्च माग्नै अप्ठ्यारो लाग्ने र माग्दा पनि पढाई खर्चलाई जस्तो सहज रुपमा नदिएपछि उनिहरु आत्मनिर्भर हुने उपाय अप्नाउन थालेका हुन् ।
तिङलाका १० वर्षिया गीता बस्नेतले आत्मर्निभरको बाटो उनिउ बेच्ने रोजेकी छन् शुक्रबार बिद्यालय छुट्टि भएपछि जंगलमा उनिउ टिप्न गई शनिबार सोलुखुम्बुको सदरमुकामा बेच्नु उनको रुटिन जस्तै बनेको छ । उनिउ बेच्न पाउनु पनि सिजनमा मात्र हो जुन चिजको सिजन आउछ त्यहि बेचेर आफ्नो खर्च जुटाउने गरेको बस्नेतले बताएका छन् ।
त्यस्तै दुधकुण्ड नगरपालिका च्याल्साका ८ वर्षिय फुर्वा शेर्पाको खर्च जुटाउने आधार पनि मौसमी सामाग्री नै बनेको छ । उनले छिमेकमा पाकेको स्याउ किन्ने अनि आफुले सकेजतिको स्याउ सल्लेरी हाटमा लगेर बेच्ने गर्ने गरेका छन् ।
कहिले स्याउ बेचेको र कहिले जंगलमा च्याउ टिप्न गएर त्यहि बेच्ने गरेको उनले बताउछन् । मौसमी खाद्य सामाग्री बेचेको पैसाले आफ्नो रहरको समान बजारबाटै किनेर लाने तथा बचेको पैसाले कापी कलम समेत किन्ने गरेको उनले बताए ।
त्यस्तै सिंहकाली उच्च मावि कक्षा ७ मा अध्ययनरत मनिशा बस्नेतको आम्दानी गर्ने आधार पनि मौसमी खाद्यबस्तु नै हो । उनी पनि शुक्रबार छुट्टि भएपछि साँझसम्म निगुरो टिप्ने र शनिबार मिर्मरे मै सल्लेरीको हाट गई निगुरो बेच्ने गरेको बताउछिन ।
निगुरो बेचेको भएको २,३ सय पैसाले त्यहि हाटबाट आफ्नो रहरको सामान लाने गरेको उनले बताएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij