प्रकाशित मिति : आइतवार, साउन ३०, २०७३
विप्लव माओवादी निकट अखिल क्रान्तिकारी दाङले २ दिने शैक्षिक हड्तालको पुर्वसन्ध्यामा आईतबार घोराहीमा प्रदर्शन गरेको छ । शिक्षा क्षेत्रमा विभिन्न समस्या रहेको भन्दै भोली र पर्सी शैक्षिक संस्था वन्दको घोषणा गरेको सो संगठनले त्यसको पुर्वसन्ध्यामा घोराहीमा प्रदर्शन गरेको हो ।
घोराहीका विभिन्न कलेजहरुवाट सहभागी विद्यार्थीहरुको ¥याली तुलसीपुर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।शिक्षामा व्यापारीकरण वढ्दै गएको, प्लस टु र वोर्डिङ स्कुलहरुको शुल्क वढाएको विरोधमा आज प्रर्दशन गरिएको सो संगठनले जनाएको छ ।
बैज्ञानीक शिक्षा लागु गर, शुल्क वृद्धि अन्त्य गर जस्ता नारा लगाउँदै घोराहीका पद्मोदय, दाङ भ्याली, विद्यानिलकण्ठ, ज्ञानसिन्धु लगाएतका उच्च माविका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन ।कोणसभालाइ सम्वोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एवं राप्ती व्युरो इन्चार्ज प्रकाश शाहीले आफुहरुको आन्दोन विद्यार्थीको हकहित र अधिकारका पक्षमा भएको वताए ।
अहिले निजी विद्यालय र प्लस टु मा गरिएको १० देखी ३० प्रतिशत शुल्क वृद्धिले आम जनतालाई मर्कामा पर्ने काम गरेको, शिक्षा मन्त्रालयले सीबीएसईको पाठ्यक्रम संचालन गरिरहेका देशभित्रका शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिएको भन्दै शाहीले आपत्ति जनाए ।
यस्तै, भारतीय स्कूलहरुलाई सम्बन्धन दिएर राष्ट्रघात गरेकोले उक्त सम्बन्धन तत्काल खारेज गर्नुपर्ने भन्दै उहाँले खारेज नगरेसम्म यसविरुद्ध आन्दोलन जारी राख्ने चेतावनी दिए । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष हेमन्त जिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिव मदन केसीले गरेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij