प्रकाशित मिति : सोमवार, साउन ३१, २०७३
दाङ । विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले आज र भोलि दुईदिन शिक्षण संस्था बन्दको आह्वान गरेको छ ।
शिक्षामा व्यापारीकरण बढ्दै गएको, प्लस टु र बोर्डिङ स्कुलहरुको शुल्क बढाएको बिरोधमा बन्दको आह्वान गरिएको संगठनले जनाएको छ ।
यसैबीच दाङमा बन्दको व्यापक प्रभाव परेको छ । बन्दका कारण जिल्लाका सम्पूर्ण विद्यालय, कलेजहरु बन्द रहेको जनाइएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij