प्रकाशित मिति : सोमवार, साउन ३१, २०७३
सन्तोषकुमार गुप्ता, देउखुरी । देउखुरीको सिसहनियाामा करिव १ करोडको लागतमा खानेपानी ट्याङकी निमार्ण हुने भएको छ । जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङको सहयोगमा उक्त खानेपानी ट्याङकी निमार्ण हुने भएको हो ।
सिसहनिया—५ कालापानी, बजार क्षेत्र, पहरुवा, वडा नं. ४ को पिपरी र वडा नं. ६ को बिजौरी गाउँ सम्म खानेपानी पुर्याउने लक्ष्य रहेको बताइएको छ । यसैबीच खानेपानी ट्याङकी निमार्णका लागि उपभोक्ता समिति समेत गठन गरिएको छ ।
सिसहनिया उद्योग वाणिज्य संघको आयोजनामा भएको भेलाले शान्तराज शर्माको अध्यक्षतामा ९ सदस्यीय खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरेको छ ।
समितीको उपाध्यक्षमा भिमा आचार्य, सचिवमा ओमनाथ बञ्जाडे, कोषाध्यक्षमा अर्जुन अधिकारी र सदस्यहरुमा तुलाध्वज मल्ल, भरतप्रसाद पाण्डे, ठगेन्द्र परियार, प्रतिमा आचार्य र निर्मला चौधरी रहनु भएको छ ।
साथै नव गठित समितीले खानेपानी तथा ढल निकास विभाग, जिल्ला खानेपानी कार्यालय र सिसहनिया गा वि समा पत्रचार समेत गरिसकेको छ । बैठक संघका अध्यक्ष पुर्णबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij