प्रकाशित मिति : सोमवार, साउन ३१, २०७३
दाङ । तुलसीपुर नगरपालिका वडानम्वर २० मोतिपुरका स्थानीयहरुले सरकारले पुनःस्थापनाको रकम समयमै उपलब्ध नगराउँदा घर बनाउने सपना अधुरै रहेको गुनासो गरेका छन् ।
बाढिपीडित संरक्षण समितिका अध्यक्ष धनविर चौधरीले घर बनाउने सपना देख्दादेख्दा २ वर्ष बितिसक्दा समेत सरकारबाट पुनःस्थापनाको रकम नपाउँदा घर बनाउन समस्या उत्पन्न भएको बताउनुभयो ।
उहाँले बाढिपीडितहरुलाई सरकारले उल्लेख्य सहयोग नगरेको गुनासो समेत गर्नुभयो । आफ्नो घर बनाई बस्ने सपना अधुरो रहेकाले टहरामै जीवन बित्ने भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।
२०७१ सालमा बाढीका कारण मोतीपुरमा एक दम्पत्तीको मृत्यु भएको थियो भने ५९ घर पूर्ण रुपमा बगेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij