शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

२४ घन्टा नबित्दै सचेतना बोर्ड च्यातियो

  • प्रकाशित मिति : मङ्लबार, साउन ३२, २०७३



  • जेपी थुलुङ, सोलुखुम्बु । जिल्ला ट्राफिक कार्यालय सोलुखुम्बुले सचेतनाका लागि सडकमा राखेको बोर्ड एकसाता पनि नवित्दै च्यातिएको छ । सोलु–ओखलढुङ्गा सडक अन्र्तगत पर्ने विभिन्न स्थानमा राखिएको चेतनामुलक बोर्डहरु केही उच्छृङ्खल ब्यक्तिहरुले च्यातिदिएका हुन ।

    उनीहरुले ट्राफिक प्रहरीले राखेको बोर्डमा ढुंगाले हान्ने, चक्कुले काटिदिने सम्मका हर्कत गरेका छन । मानिसहरुको भिडभाड कम भएको सडक छेउका बोर्डहरु त उखेलेर फाल्ने सम्मनै गरेको पाइको छ  । कतिपय त सडकमा सचेतामुलक बोर्ड तथा संकेत बोर्ड राख्न थालेको २४ घण्टा नबित्दै फालिदिने तथा च्यातिदिन थालेपछि समस्या भएको जिल्ला ट्राफिक कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    बोर्ड टासेपछि संरक्षण गर्नुको साटो आज टासियो भोली नै भत्काउने तथा फालिदिन गरेको जिल्ला ट्राफिक ईन्चार्ज भेष बहादुर थापाले बताउनुभयो । जनचेतना र दुर्घटना न्युनिकरणका लागी बिभिन्न ठाउँमा टास गरिएको बोर्ड सबैलाई संरक्षण गर्न  ईन्चार्ज थापाले आग्रह पनि गर्नु भएको छ ।

    दुर्घटनाको न्युनिकरण गर्न सवारी चालक मात्र नभई स्थानीयहरु पनि उत्तिकै जिम्मेवार हुने भएकोले जनचेतनामुलक तथा संकेत बोर्ड राख्न थालिएको भएपनि संरक्षण नहुदा समस्या भएको उहाको भनाई छ । ट्राफिक प्रहरीले सल्लेरीको जेरोपोईन्ट देखि फाप्लु सम्मका विभन्न मोड, दुर्घट्नाग्रस्त क्षेत्र, तथा मुख्य बजार क्षेत्रहरुमा सबैले देख्ने स्थानमा सचेतना बोर्ड राखेको थियो ।

    १५ वटा भन्दा बढी स्थानमा राखिएका बोर्ड मध्ये अधिकांशमा क्षति पुर्‍याइएको छ । क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय इटहरीले सोलुखुम्बु जिल्लामा न्युनतम ७ वटा बोर्ड राख्न परिपत्र गरेपनि सोलु ट्राफिकले आफ्नै सक्रियतामा त्यसको दोब्बर भन्दा बढी स्थानमा वोर्ड राखेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij