शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बस दुर्घटनाका घाइतेको अवस्था खतरामुक्त

  • प्रकाशित मिति : मङ्लबार, साउन ३२, २०७३



  • बैतडी । बैतडीमा  यात्रुवाहक बस दुर्घटनामा परी गम्भीर घाइते भएका आठजनाको अवस्था खतरामुक्त रहेको बताइएको छ ।

    दुर्घटनामा परी घाइते भएकाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न पद्मा अस्पताल अत्तरियाका डाक्टर धिरेन्द्र मौनीले जानकारी दिए ।

    घाइते हुनेमा बैतडी कुवाकोट–५ का ४५ वर्षीय धनीदत्त पन्त, कञ्चनपुर रैकवार विचवाका ५२ वर्षीय राधाकृष्ण पन्त, बझाङकी २५ वर्षीया लक्ष्मी जोशी, बझाङकी ४४ वर्षीया सुनादेवी रोकाया, बझाङकी १८ वर्षीया गीता धामी, बझाङकी ५० वर्षीया देवी रावल, बझाङकी २८ वर्षीया गोमती धामी, बझाङकै ७० वर्षीय अफिलाल कामीलाई सुदूरपश्चिम उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसक्दा पद्मा अस्पताल अत्तरिया रिफर गरिएको थियो ।

    घाइतेमध्ये धनीदत्त पन्त, राधाकृष्ण पन्त र सुनादेवी रोकायालाई उहाँकै आफन्तले उपचारका लागि पद्मा अस्पतालबाट अन्यत्र लगेको अस्पतालले जनाएको छ । अन्य घाइते ३० मध्ये १२ जना सुदूरपश्चिम उपक्षेत्रीय अस्पतालले उपचारपछि डिस्चार्ज गरेको र बाँकी १८ जना घाइतेको सुदूरपश्चिम उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरेन्द्र बमले राससलाई जानकारी दिए ।

    धनगढीबाट बझाङ जाँदै गरेको सुदुरपश्चिम यातायातको ना ५ ख २८३२ नंको बस सोमबार दिउँसो ३ बजे जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सिद्धेश्वर–३ बिन्द्रावननजिक ज्यापू भिरमा दुघर्टना हँुदा बझाङ कोटभैरव–१ की ३५ वर्षीया पुनदेवी कडायत र बझाङ देउलेक–९ की २७ वर्षीया नानु खड्का र बझाङ चैनपुर–९ का ५९ वर्षीय हर्कनारायण उपाध्यायको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    यसअघि खोड्पे प्रहरीचौकीबाट घटनास्थलमा उद्घारमा खटिएका प्रहरी नायब निरीक्षक रुपसिंह थापाले घटनास्थलमा नै पाँचजनाको मृत्यु भइसकेको जानकारी दिएको भए पनि जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सुरेन्द्र बमले तीनजनाको मात्रै मृत्यु भएको पुष्टि गरेको हो ।

    बसको अगाडिको टायर पड्किएर अनियन्त्रित भई बस सडकबाट करिब २०० मिटर तल खसेको बताइएको छ । बसका चालक बझाङका प्रेम बोहरा दुर्घटनापछि फरार रहेका प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij