प्रकाशित मिति : मङ्लबार, साउन ३२, २०७३
काठमाडौबाट काभ्रेको कोशीपारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस काभ्रेको विर्ता देउराली गाविसमा दुर्घटना हुदा ३१ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानेको छ ।
मृत्यु हुनेको संख्या अझै हुन् सक्ने प्रहरीको अनुमान छ ।दुर्घटनामा चालीस जना घाइते भएका छन् । घाइतेलाई हेलिकप्टरबाट काठमाडौ को टिचिंग हस्पिटल र धुलिखेल हस्पिटल लाने क्रम जारी छ ।
बस उकालोबाटोमा ब्याक भएर सडकबाट तल भीरमा खसेको थियो ।
घटना स्थलमा अहिले प्रहरी र स्थनीयको सहयोगमा घाइतेको उद्धार तथा खोजि भैरहेको घटनास्थल बाट प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गम्भीर घाइतेलाई काठमाडौँ ल्याइएको छ ।
घटना दिउँसो एक बजे भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij